राजनीतिक सम्बन्धले रोकेका अपराधका विषय अनुसन्धानको प्रक्रियामा जान्छ : गृहमन्त्री « Khabarhub

राजनीतिक सम्बन्धले रोकेका अपराधका विषय अनुसन्धानको प्रक्रियामा जान्छ : गृहमन्त्री


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले विगतमा राजनीतिक सम्बन्धका आधारमा रोकिएका अपराधका विषय अब अनुसन्धानका प्रक्रियामा जाने बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको आज निरीक्षणपश्चात् सञ्चारकर्मीसँगको कुराकानीमा उनले सुशासन प्रवर्द्धनमा विगतदेखि नै हुँदै आएको अवरोध वर्तमान सरकारले चिर्ने स्पष्ट पारे।

“राजनीतिक सम्बन्धका आधारमा विगतमा जे बिथोलिएको थियो, त्यो अब हुँदैन, यो सरकारको ‘म्यान्डेड’ सुशासन हो, त्यसो हुन सकेन भने शान्तिसुरक्षा हुँदैन”, गृहमन्त्री अर्यालले भने, “छ महिनाभित्र निर्वाचन सम्पन्न गर्न शान्तिसुरक्षा बलियो हुनैपर्छ । त्यसका लागि सुशासन आवश्यक छ ।”

सुशासनको अभियानलाई तीव्र बनाउन आफूले ब्यूरोलाई निर्देशन दिएको जानकारी दिँदै गृहमन्त्रीले अनुसन्धान गर्ने निकायले व्यावसायिकता प्रदर्शन गरेर कामलाई अघि बढाउनुपर्ने बताए । “रोकिनु नपर्ने विषयहरू रोकिएका छन् तथा नयाँ सुरुआत हुनुपर्ने विषय वस्तु छन्भने त्यसलाई तुरुन्त अघि बढाउनुपर्छ भन्ने निर्देशन दिएको छु”, उनले भने ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १० : ५८ बजे

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौँ– नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी