इलाका प्रहरी कार्यालय दमकलाई सवारी साधन सहयोग « Khabarhub

इलाका प्रहरी कार्यालय दमकलाई सवारी साधन सहयोग


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

झापा– गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा आगजनीबाट ध्वस्त भएको दमक इलाका प्रहरी कार्यालयलाई चार थान सवारी साधन सहयोग प्रदान गरिएको छ ।

कमल गाउँपालिकाले प्र १–०२–००१ झ ०७३० नम्बरको चार पाङ्ग्रे सवारी साधन दिएको छ भने दमक नगरपालिकाले दुई थान मोटरसाइकल खरिद गरेर दिएको छ । दमक खानेपानी तथा उपभोक्ता समितिले ‘पिकअप भ्यान’ दिएको छ ।

गत भदौ २४ गते दमक इलाका प्रहरी कार्यालयमा प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएको थियो । आगजनीमा कार्यालको तीन तले भवन र सबै सवारी साधन जलेर नष्ट भएको थियो ।

कमल गाउँपालिकाले यसअघि प्रहरी चौकीलाई दिँदै आएको ‘पिकअप भ्यान’ इलाका प्रहरी कार्यालयलाई दिएको हो । दमक नगरपालिकाले दुई थान मोटरसाइकल खरिद गरेर इप्रकालाई दिएको नगरप्रमुख राम थापाले बताए । नगरको शान्ति सुव्यवस्था मिलाउन प्रहरीलाई साधन श्रोतको अभाव भएकाले सवारी साधन जुटाइएको उनको भनाइ छ ।

ध्रुवतारा स्पोर्टिङ क्लव दमकसमेतले इप्रकाको पुनर्निर्माणका लागि एक लाख ५१ हजार सहयोगको घोषणा गरेको छ । इप्रकाको पुनर्निर्माणका लागि समुदायबाट जुट्ने सहयोगलाई व्यवस्थित गर्न नगरप्रमुख राम थापाको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरिएको छ । समितिमा दमकको नगर उद्योग वाणिज्य सङ्घ, रेडक्रस सोसाइटीलगायतको सहभागिता रहेको छ ।

कठिन परिस्थितिमा पनि प्रहरीले शान्ति सुरक्षाको जिम्मेवारी निर्वाह गरिरहेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राम तिम्सिनाले बताए । आगजनीका कारण मुख्य कार्यालयबाट विस्थापित प्रहरीहरु सब्जी बजारको खाली भवनलगायत बाहिरका विभिन्न संरचनामा आश्रय लिएर सेवा प्रदान गरिरहेको उनले जानकारी दिए ।

समुदायबाट प्रहरी कार्यालयलाई ल्यापटप, फर्निचर, टेबल, कुर्सी, बिजुलीका पङ्खालगायतका सामान सहयोगस्वरुप जुटिरहेको छ । नगरप्रमुख थापाले भने, ‘नगरबासी सङ्घ संस्था र दाताबाट सहयोग जुटाएर प्रहरीलाई आफ्नै भवनमा छिटोभन्दा छिटो सार्ने र शान्ति सुरक्षाको बन्दोबस्त चुस्त बनाउने प्रयासमा छौँ।’ (रासस)

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ६ : ४८ बजे

अध्ययन बिदा सकिएर पनि नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र : पहिचान, सम्मान

झिक्कै झिक्कै माया तमलाई, आई लभ यु- बालेन !

२०८० सालको भदौ १६ गते, शनिबार। वालेन्द्र शाह काठमाडौँ महानगरका

एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

काठमाडौँ– नेपालको औषधि उत्पादन कम्पनी एम.डी.एच फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी