घरेलु कार्यालय भोजपुरद्वारा ‘डिजिटल’ भुक्तानी सेवा थालनी « Khabarhub

घरेलु कार्यालय भोजपुरद्वारा ‘डिजिटल’ भुक्तानी सेवा थालनी


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरमा घरेलु उद्योग कार्यालयले डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । कार्यालयमा हुने राजस्वलगायतका कारोबार डिजिटल बनाउने लक्ष्यले अनलाइन भुक्तानीको व्यवस्था मिलाएको कार्यालयले जनाएको छ ।

सेवाग्राहीलाई सजजता थप्नको लागि गत साउन १ गतेदेखि नै अनलाइन भुक्तानीको व्यवस्था मिलाएको कार्यालय प्रमुख रमेश ढकालले जानकारी दिए ।

सेवाग्राहीलाई विभिन्न काम गर्ने क्रममा कुनै समस्या नहोस् भन्नका लागि क्यूआरमार्फत भुक्तानी गर्ने व्यवस्था रहेको कार्यालयको भनाइ छ ।

कार्यालयले लघु, घरेलु तथा साना उद्योगको माध्यमबाट स्थानीय कच्चा पदार्थ, स्रोत र श्रमको उपयोग जोड दिएको जनाएको छ ।

स्थानीयस्तरमा उद्योग स्थापना गर्न, स्व–रोजगार बन्न तथा रोजगारीका अवसर सिर्जना गर्न प्रयासरत रहेको कार्यालयको भनाइ छ । (रासस)

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ६ : ५४ बजे

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट

नेपालको सीमानजिकै वीरपुरमा भारतले किन बनाउँदैछ एयरपोर्ट ?

काठमाडौं- नेपालको सुनसरी जिल्लासँग सीमा जोडिएको भारत बिहार राज्यको सुपौल

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

काठमाडौं– सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने

नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

ललितपुर– हरेक वर्षको साउन शुक्ल पञ्चमी (नागपञ्चमी) का दिन ललितपुरको