चिनियाँ राष्ट्रपति आउँदा ६ घण्टा विमानस्थल बन्द हुने | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपति आउँदा ६ घण्टा विमानस्थल बन्द हुने


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा झण्डै ६ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ ।

उनी नेपाल आउँदा तीन घण्टा र फर्किदा तीन घण्टा गरी ६ घण्टा विमानस्थल बन्द हुने भएको हो ।  सो समयमा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अरू सबै उडान ठप्प हुनेछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी तेजबहादुर पौड्यालले सी आउँदा–जाँदा तीन–तीन घण्टा अरू सबै उडान बन्द हुने जानकारी दिएका हुन् ।

चिनियाँ राष्ट्रपति सी शनिबार नेपाल आउँदै छन् । नेपालको राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी शनिबार दिउँसो ४ः३० मा काठमाडौं अवतरण गर्ने कार्यतालिका छ ।

विमानस्थलमा अवतरण गरेपछि चिनियाँ राष्ट्रपति सीको राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता तय हुने भएको छ । तालिकाअनुसार साँझ ६ः३० बजे दुई देशका राष्ट्रपतिको भेटवार्ता हुनेछ ।

यसपछि साँझ ७ः१५ मा सीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । यी भेटवार्तापछि साँझ ७ः३० मा सोल्टी होटलमा रात्रिभोजको आयोजना गरिनेछ ।

आइतबार बिहान १०ः३० बजे सीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् । त्यस्तै ११ः३० मा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता हुनेछ । भेटमा द्वीपक्षीय हितका साथै विभिन्न सम्झौता हुनेछ । राष्ट्रपति सी आइतबार १ बजे स्वदेश फर्किने छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ६ : ५८ बजे

‘विमल गुरुङ कृति पुरस्कार’ का लागि १० कृति सार्वजनिक

सुनसरी– धरान–१८ बुद्धचोकस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ

डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी, रक्तदान गर्न रेडक्रसको आह्वान 

काठमाडौं – डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको

पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला राई प्रथम

सिन्धुपाल्चोक– ‘पाँचपोखरी महिला ट्रेल रेस’मा खोटाङकी निर्मला राईले दुई घण्टा

सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० अमेरिकी डलरभन्दा माथि

हङकङ– व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा लिएपछि एसियाली बजारमा

रविलाई पक्रने हल्लापछि रास्वपा नेता भन्छन्, ‘सत्ता साझेदार दल सभापति पक्रन एकमुख छन्’ 

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की प्रहरीले पक्राउ गर्ने