सीको स्वागतका लागि माइतीघरमा आउन कर्मचारीलाई सरकारको उर्दी « Khabarhub

सीको स्वागतका लागि माइतीघरमा आउन कर्मचारीलाई सरकारको उर्दी


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चीनफिङको स्वागतमा खटिन निजामती कर्मचारीलाई सरकारले उर्दी जारी गरेको छ ।

सीको स्वागत र विदाइका बेला कर्मचारीलाई सडकमा खट्न सरकारले  उर्दी जारी गरेको हो ।  निजामती पोसाकमै शनिबार दिउँसो ३ः४५ बजे र आइतबार विहान ११ः१५ बजे कर्मचारीहरुलाई बोलाइएको छ ।

नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म कर्मचारीहरु खटिनेछन् । कर्मचारीहरु आए नआएको अनुगमन समेत गरिने जनाइएको छ । चिनियाँ राष्ट्रपतिको स्वागतका लागि सरकारले आइतबार सार्बजनिक बिदा समेत दिएको छ ।

चिनियाँ राष्ट्रपति सी शनिबार दिउँसो ४ः३० मा काठमाडौं अवतरण गर्ने कार्यतालिका छ । विमानस्थलमा अवतरण गरेपछि चिनियाँ राष्ट्रपति सीको राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता तय हुने भएको छ । तालिकाअनुसार साँझ ६ः३० बजे दुई देशका राष्ट्रपतिको भेटवार्ता हुनेछ ।

यसपछि साँझ ७ः१५ मा सीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । यी भेटवार्तापछि साँझ ७ः३० मा सोल्टी होटलमा रात्रिभोजको आयोजना गरिनेछ ।

आइतबार बिहान १०ः३० बजे सीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् । त्यस्तै ११ः३० मा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता हुनेछ । भेटमा द्वीपक्षीय हितका साथै विभिन्न सम्झौता हुनेछन् । राष्ट्रपति सी आइतबार १ बजे स्वदेश फर्किने कार्यतालिका छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ७ : ११ बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको