ओलीको पासपोर्ट रद्द गर्ने निर्णयले आयोगकै विश्वसनीयतामा प्रश्न उठ्यो : एमाले « Khabarhub

ओलीको पासपोर्ट रद्द गर्ने निर्णयले आयोगकै विश्वसनीयतामा प्रश्न उठ्यो : एमाले


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रद्द गर्ने निर्णयले जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगको विश्वसनीयतामा प्रश्न खडा गरेको आरोप लगाएको छ ।

आइतबार अध्यक्ष केपी ओली निवास गुण्डुमा बसेको एमाले सचिवालय बैठकले जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्काका लागि सिफारिस गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

यसअघि नै गृह मन्त्रालय मार्फत् मिडिया ट्रायल गरेर र दशैँको मौका पारेर गरिएको उक्त कदम राजनीतिक प्रतिशोधयुक्त भएकाले बैठकले गम्भीर आपत्ति प्रकट गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत प्रश्न खडा गरेको बैठकको निष्कर्ष रहेको उनले बताए ।

त्यस्तै बैठकले आन्दोलनका क्रममा भएका घटनामा सङ्लग्न दोषीहरुलाई पनि जाँचबुझ आयोगको क्षेत्राधिकार भित्र पर्ने भन्दै कुनै कार्बाही अगाडि नबढाउनू भनेर प्रहरीलाई गरेको निर्देशनप्रति पार्टीको ध्यानाकर्षण भएको ज्ञवालीले बताए ।

यस निर्देशनले अपराध अनुसन्धान गर्ने प्रहरीको कानूनसम्मत क्षेत्राधिकारमाथि हस्तक्षेप मात्रै नभइ अपराधीहरुको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनशाय समेत बोकेको उनले उल्लेख गरे ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ८ : ४१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै