भोजपुरका किसानलाई मकै थन्क्याउने चटारो « Khabarhub

भोजपुरका किसानलाई मकै थन्क्याउने चटारो


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भोजपुर- देशभर दसैँको माहोल सुरु भइसक्दा भोजपुरको लेकाली भेगका किसानलाई भने मकैबाली थन्क्याउने चटारो छ । यहाँ प्रायः भदौ र असोज महिनामा मकै पाक्ने भएकाले किसानहरू खेतबारीमा भेला भएर मकै भाँच्ने, सुकाउने र भण्डारण गर्ने काममा बेस्त हुन्छन् । यहाँको लेकाली क्षेत्रको प्रमुख अन्नबालीका रूपमा मकैलाई लिइन्छ ।

यहाँ धान उत्पादन कम हुने भएकाले मकै अधिकांश परिवारका लागि मकै वर्षभरको खानाको मुख्य स्रोत हो । किसानहरूले हाल घरआँगन र गोठको छानोमा मकै सुकाइरहेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार उत्पादनमा वृद्धि गर्न लेकाली भेगमा उन्नत जातका मकैबाली बिस्तार भइरहेको छ ।

यसले किसानको आयआर्जनमा समेत सहयोग पुर्‍याएको केन्द्रले जनाएको छ । स्थानीय बजारमा दाना बिक्री गर्न सकिने भएकाले मकै किसानले नगद आम्दानी गरिरहेका छन् ।

स्थानीय बजारमा प्रतिपाथी रु २०० देखि २५० सम्ममा मकै बिक्री हुने गरेको किसान गोरखबहादुर विष्टले बताए । यहाँका नौवटै स्थानीय तहको लेकाली भेगमा मकै खेती हुने गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ९ : ३२ बजे

नबिल बैंक र धुलिखेल अस्पतालबीच ६ करोड रुपैयाँको रणनीतिक साझेदारी 

काठमाडौं– नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच स्वास्थ्य सेवा सुदृढीकरण

यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा जेठ २६ गते बसेको मन्त्रिपरिषद्

स्वतन्त्र सांसद महावीर पनि विज्ञान प्रविधिमन्त्री बन्दै, सुधनसँगै शपथ

काठमाडौं– गृहमन्त्रीमा पुनः सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन

विशाल भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन

काठमाडौं– सरकारले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गरेको

ट्राफिक प्रहरीद्वारा एकैदिन २१ लाख ९२ हजार ५०० राजस्व दाखिला

काठमाडौं– ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार ३९२ जना