काठमाडौं- केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणाका भाइ भूषण राणाको घरमा छापा मारेको छ ।
सीआईबीको टोलीले जावलाखेलमा रहेको भूषणको घरमा आइतबार अबेर छापा मारेको हो ।
उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा शंकास्पद पात्रका रुपमा रहेका थिए । यद्यपि भूषण भने घरमा नभएको बुझिएको छ ।
उनी एक महिनादेखि विदेशमा छन् ।
एआईजी मनोज केसीले सीआईबी सम्हालेलगत्तै भूषणको घरमा छापा हानिएको हो ।
प्रतिक्रिया