जेरुडको एक गोलले फ्रान्स विजयी « Khabarhub

जेरुडको एक गोलले फ्रान्स विजयी


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा फ्रान्सले आइसल्याण्डलाई पराजित गरेको छ ।

विश्व विजेता फ्रान्सले आइसल्याण्डविरुद्ध साँघुरो जित निकालेको हो ।

छनोट अन्तर्गत शुक्रबार राति भएको समूह चरणको खेलमा फ्रान्सले आइसल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्‍यो ।

आइसल्याण्डको मैदानमा भएको खेलमा फ्रान्सलाई जिताउन ओलिभर जेरुड नायक बने । जेरुडको एक मात्रमा गोलमा फ्रान्सले ३ अंक जोडेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६६ औं मिनेटमा जेरुडले पेनाल्टीमा गोल गरेका थिए । उक्त गोल नै फ्रान्सको जितमा निर्णायक बन्यो । फ्रान्सका लागि उनको यो ३७ औं गोल हो ।

जितसँगै समूह ‘एच’ को फ्रान्सले युरोकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ । फ्रान्सले ७ खेलबाट १८ अंक जोडेर समूहको दोस्रो स्थानमा छ ।

१२ अंक जोडेको आइसल्याण्ड तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ७ : २३ बजे

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो