इंग्ल्याण्ड चेक रिपब्लिकसँग २-१ गोल अन्तरले पराजित « Khabarhub

इंग्ल्याण्ड चेक रिपब्लिकसँग २-१ गोल अन्तरले पराजित


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा इंग्ल्याण्ड चेक रिपब्लिकसँग पराजित भएको छ ।

छनोट अन्तर्गत शुक्रबार राति भएको समूह चरणको पाँचौं खेलमा इंग्ल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै चेक रिपब्लिक विजयी बन्यो ।

चेक रिपब्लिकको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा इंग्ल्याण्ड पराजित भएको हो । खेलको पाँचौं मिनेटमा कप्तान ह्यारी केनको पेनाल्टी गोलबाट इंग्ल्याण्डले सुरुवाती अग्रता बनाएको थियो ।

तर, खेलको नवौं मिनेटमा जाकुब ब्राबेकले गोल गर्दै चेक रिपब्लिकलाई खेलमा फर्काएका थिए । त्यसपछि खेलको ८५ औं मिनेटमा ज्डेनेक ओन्द्रासेकले गोल गर्दै चेक रिपब्लिकलाई २-१ को जित दिलाए ।

यो हारसँगै इंग्ल्याण्ड १० वर्षपछि युरोकप छनोटमा पराजित भएको छ । युरो छनोट अन्तर्गत सन् २००९ को अक्टोबर १० मा युक्रेनसँग १-० ले पराजित भएपछि इंग्ल्याण्डले पहिलो पटक हार व्यहोरेको हो ।

योसँगै युरो छनोटमा इंग्ल्याण्डको ४३ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

चेक रिपब्लिकसँग पराजित भएपनि इंग्ल्याण्डको युरोकपमा छनोट हुने सम्भावना कायम रहेको छ । समूह ‘ए’ को इंग्ल्याण्डले ५ खेलमा १२ अंक जोडेको छ । इंग्ल्याण्ड समूहको शीर्ष स्थानमा छ ।

चेक रिपब्लिक ६ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा छ । यस समूहको अर्को खेलमा मोन्टेङग्रो र बुल्गेरियाले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ७ : २७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन