स्वास्थ्यका दृष्टिले बहुउपयोगी जमरा « Khabarhub

स्वास्थ्यका दृष्टिले बहुउपयोगी जमरा

सांस्कृतिक महत्त्व बोकेको जमरा मानसिक स्वास्थ्यमा पनि लाभदायी


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दशैँमा मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने चलन परापूर्व कालदेखि नै रहिआएको छ । घटस्थापनाको दिनमा विधिपूर्वक राखिएको जमराल विजया दशमीको दिन प्रसादका रुपमा ग्रहण गरिन्छ । तर पछिल्लो केही समयदेखि शीरमा सिउरिन मात्रै होइन, औषधीका रुपमा जमराको जुस पनि सेवन गर्न थालिएको छ ।

चिकित्सकका अनुसार जौको जमरा बहुउपयोगी छ । स्वास्थ्यका दृष्टिले जौलाई अमृत नै मानिन्छ । वैदिक ग्रन्थमा जौलाई रोग हटाउने यज्ञ–यज्ञादिमा उपयोगी, बल र प्राणमा ऊर्जा भर्ने अन्नका रूपमा लिइएको छ।

आयुर्वेदिक चिकित्सक डा. लक्ष्मण पौडेल भन्छन्– जमरा एकदमै एण्टीअक्सिडेण्ट भएको, इम्युनिटी बढाउने चिज हो । धान, गहुँ, जौ, मकै लगायतका खाद्यबालीको भर्खर पलाएको टुसाले हाम्रो शरीरमा प्राण, रस र ओज बढाउन सहयोग गर्छ ।

जमराको जुस सेवनले शरीरलाई शीतलता दिने डा. पौडेलले बताए । आयुर्वेदका अनुसार हाम्रो शरीरमा पित्त, बाथ र कफ गरी तीनवटा दोष हुन्छन् । यिनै दोषको असन्तुलनका विभिन्न विभिन्न रोग निम्तिन्छन् । जमराको जुस सेवनले यी दोष सन्तुलनमा राख्ने डा. पौडेल बताउँछन् ।

जमराको प्रयोग कसरी र कति मात्रामा गर्ने ?
जमरा त्यसै चपाएर पनि सेवन गर्न सकिने डा. पौडेलले बताए । यसबाट रस निकालेर पिउन पनि सकिन्छ । ‘मान्छेको प्रकृति र उमेर अनुसार पाँचदेखि १० एमएल अथवा १० देखि १५ एमएलसम्म खान सकिन्छ’, उनले भने ।

कुनै रोग विशेष वा एण्टीअक्सिडेट घटाउने वा बढाउनुपर्ने अवस्थामा यस्को मात्रामा तलमाथि हुनसक्छ । तर खान मिल्दैन भन्ने नभएको उनले बताए ।

जमरा मानसिक स्वास्थ्यमा पनि लाभदायी
डा. पौडेलका अनुसार जमरा शुद्ध, सात्विक आहार मानिन्छ । सात्विक आहारले शरीरमा शुद्धता, मानसिक शान्ति र सकारात्मक ऊर्जा ल्याउँछ । आयुर्वेदमा सात्विक आहार मानसिक र शारीरिक स्वास्थ्यका लागि सन्तुलित मानिन्छ । दशैंमा जमरालाई टीका लगाउने समय आशर्वादका रूपमा प्रयोग गरिन्छ, जसले सकारात्मक ऊर्जा प्रवाह गराउने विश्वास गरिन्छ ।

त्यस्तै जमरा अङ्कुरित बीउबाट उत्पन्न हुने भएकाले यसमा विभिन्न प्रकारका पाचक इन्जाइम पाइन्छन्, जसले पाचन प्रक्रियामा सहायता पुर्‍याउँछ । आयुर्वेदमा पाचन शक्ति सन्तुलनमा राख्न अङ्कुरित बीउ वा जमरालाई उपयुक्त मानिने उनले बताए ।

जमरामा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन र खनिज पदार्थ हुन्छन्, जसले शरीरलाई आवश्यक ऊर्जा र शक्ति प्रदान गर्ने डा. पौडेल बताउँछन् । विशेष गरी दशैँको समयमा तान्त्रिक र धार्मिक क्रियाकलाप गर्दा शारीरिक र मानसिक शक्ति आवश्यक हुन्छ, जुन जमराको सेवनबाट प्राप्त हुन्छ। जमराको जुसले आँखाको दृष्टि सुधार्न सहयोग पुग्ने डा. पौडेलको भनाइ छ ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  ९ : ५८ बजे

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सियोल– दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज– नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत एक अर्ब

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड : दुइ जनाको मृत्यु, चार घाइते

टोरन्टो– क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग