गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो | Khabarhub Khabarhub

गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखा दरबारको दशैँघरबाट काठमाडौंको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । बडादशैँअन्तर्गत फूलपातीका दिन आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए ।

बा २ झ ३८८२ नम्बरको सरकारी गाडीमार्फत राखेर हनुमान ढोका दरबारका लागि फूलपाती पठाइएको उनको भनाइ छ । गोरखा दरबारको दशैँघरबाट दरबारका सुसारेहरूले फूलपातीसहितको डोली बोकेर ल्याई गाडीमा राखेर पठाएका हुन् । गोरखा दरबारको दशैँघरबाट बाजागाजासहितको र्‍याली  निकालेर फूलपातीको बिदाइ गरिएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए ।

‘गोरखाबाट पठाइएको फूलपाती हनुमान ढोका दरबारमा पुर्‍याएपिछ आजै साँझ हर्षबढाइका साथ हनुमान ढोका दरबारमा भित्र्याउने प्रचलन छ’, उनले भने । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंमा हनुमान ढोका दरबारबाट राजकाज सुरु गरेपछि हरेक वर्ष बडादशैंको सातौँ दिन गोरखा दरबारको दशैँघरबाट फूलपातीसहितको डोली काठमाडौंको हनुमान ढोका दरबारमा लगेर भित्र्याउने गरिएको छ ।

जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरलगायतले गोरखा दरबारको फूलपातीको बिदाई गरेर हनुमान ढोका दरबार पठाएका हुन् । गोरखा दरबारको दशैँघरमा पनि आज साँझ हर्ष बढाइका साथ फूलपाती भित्र्याइन्छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ९ : ५२ बजे

समृद्ध नेपाल निर्माणको पक्षमा जुट्न दसैँले प्रेरणा दिनेछ : प्रचण्ड 

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिका संयोजक

काठमाडौं उपत्यकाबाट एकै दिनमा एक लाख ११ हजार बाहिरिए

काठमाडौं–  बितेका २४ घण्टामा काठमाडौँ उपत्यकाबाट एक लाख ११ हजार

तुईन खोलामा फेरि पहिरो खस्यो, सडक पूर्ण रुपमा अवरुद्ध

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा आज फेरि सुक्खा पहिरो

दसैँको कोसेलीका रुपमा मुस्ताङको स्याउ

गलकोट– बागलुङ बजारमा अहिले मुस्ताङको स्याउको माग उच्च छ ।

अनियमितताको आरोपमा छानबिन समिति गठन

काठमाडौं– सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख मेकानिकल इन्जिनियर रोशनकुमार देव