मोरङमा विधिपूर्वक भित्र्याइयो फूलपाती | Khabarhub Khabarhub

मोरङमा विधिपूर्वक भित्र्याइयो फूलपाती


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बडा दशैंको सातौँ दिन सोमबार मोरङका विभिन्न स्थानमा परम्परागत विधिअनुसार फूलपाती भित्र्याइएको छ । 

विराटनगरको जिल्ला अदालत प्रांगणबाट बाजागाजासहित सुरु भएको धार्मिक र्‍यालीले फूलपाती बढाई गर्दै नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । फूलपाती भित्र्याउने क्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी दलले दशैघरस्थित दुर्गा भवानीको मूर्तिमा सम्मान अर्पण गरेका थिए ।

दशैँघरमा राखिने परम्पराअनुसार उखु, अदुवा, बेलपत्र, दारिम, अशोक फूललगायतका नवपत्रिका फूलपाती भित्र्याइएको हो । यसैबीच मोरङका विभिन्न शक्तिपीठमा पूजाआजाका लागि भक्तजनहरूको ठूलो भीड लागेको छ । 

विराटनगरको ऐतिहासिक काली मन्दिरमा सयौँ भक्तजनले पूजा आराधना गरेका छन् फूलपातीसँगै शक्तिपीठहरूमा पूजाआजा गर्ने भक्तजनहरूको भीडभाड बढ्ने परम्परा रहँदै आएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  १ : ३८ बजे

टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौं– नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

खार्पुनाथमा आमा र शिशुलाई पोषण सामग्री सहयोग

सिमकोट– यहाँको खार्पुनाथ गाउँपालिकाले आफ्ना वडामा रहेका सुनौलो हजार दिनका

नेपाली पौडीबाज अथर्वको दुई राष्ट्रिय कीर्तिमान

काठमाडौं– नेपाली पौडीबाज अथर्व सिंहले ११ औँ एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा

चर्खेपिङ संरक्षण गर्दै गाउँले

गलकोट– चर्खेपिङ लोप हुँदै गएपछि यहाँको बागलुङ नगरपालिका–९ सिगानाका स्थानीयले

असल आचरण पुस्तान्तरण गर्ने साइत हो दशैँ (भिडियो)

दशैँ सुरु भइसकेको छ । दशैँ मान्ने सबैका आआफ्ना शैली