चिनियाँ राष्ट्रपति आउँदा ८७ वटा उडान प्रभावित हुने (सूचीसहित) « Khabarhub

चिनियाँ राष्ट्रपति आउँदा ८७ वटा उडान प्रभावित हुने (सूचीसहित)


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउने समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ ।

चिनियाँ राष्ट्रपति नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा बन्द हुने भएको छ । उनी नेपाल आउँदा तीन घण्टा र फर्किँदा तीन घण्टा गरी ६ घण्टा विमानस्थल बन्द हुने भएको हो । सो समयमा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अरू सबै उडान ठप्प हुनेछन् ।

नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै ८७ वटा विमानका उडान/अवतरण प्रभावित हुने जनाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको जारी सूचना अनुसार शनिबार दिउँसो २ः५५ बजे देखि ५ः२५ बजेसम्मका (३३ वटा) सबै उडान तथा अवतरण ठप्प हुनेछन् ।

त्यसैगरी आइतबार चनियाँ राष्ट्रपति फर्किदा बिहान ११ः २० बजेदेखि दिउँसो १ः५० बजेसम्मका (५४ वटा) उडान तथा अवतरण बन्द हुनेछन् ।

यो दुई दिनको अवधिमा ८७ वटा उडान तथा अवतरण बन्द हुने प्राधिकरणको सूचनामा उल्लेख छ । आन्तरिक उडानमा पनि केही अघि र पछि गरी व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ ।

प्रभावित उडानहरुको व्यवस्थापनका लागि उक्त उडानका दिनहरुमा विनमास्थल २४ सै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाएको प्राधिकरणले जनाएको छ ।

कुन–कुन विमानका उडान/अवतरण प्रभावित हुने छन् ?

  

 

 

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ८ : १४ बजे

उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं– पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका

भरतपुरस्थित क्यान्सर अस्पताललाई चीनबाट सवारीसाधन सहयोग

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा

आईपीएल अक्सन : क्यामरुन ग्रीनले बनाए महंगो खेलाडीको कीर्तिमान, कुन खेलाडी कतिमा बिके ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा अष्ट्रेलियाका

पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै

कास्की– कास्कीको पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ