धनगढी–खुटिया सडकखण्डमा दुई पक्की पुल निर्माण « Khabarhub

धनगढी–खुटिया सडकखण्डमा दुई पक्की पुल निर्माण


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गोदावरी– धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले सडकखण्डमा दुई पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।   

धनगढी–स्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकखण्डअन्तर्गत गोदावरी नगरपालिका–८ जोनापुर खोला र धनगढी उपमहानगरपालिका–५ स्थित सुकुटी खोलामा पक्की पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो । 

ती दुई पक्की पुल निर्माणका लागि रु तीन करोड १५ लाखको लागतमा गत आर्थिक वर्षको पुसमा पृथ्वी र पशुपति जेभी निर्माण कम्पनीसँग असार मसान्तमा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको इञ्जिनियर रैखोलाले बताउनुभयो । उहाँले निर्माण कम्पनीले कामलाई प्राथमिकतामा राखेर पुल निर्माणको काम गर्दै आएकाले समयावधि थपिएको बताए।  

जोनापुर खोलाको र सुकुटी खोलाको पुल निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको इञ्जिनियर रैखोलाले बताए । उनले पुल निर्माणको कार्य सम्पन्न भएको बताउँदै कालोपत्र र खोला किनारतिर तटबन्धको काम मात्र बाँकी रहेको जानकारी दिए । 

धनगढी–स्याउले–हाटखोलीसम्म १३ किलोमिटर ४०० मिटर सडक कालोपत्रको काम अघिल्लो आर्थिक वर्ष २०८०-८१ असारमा सम्पन्न भइसकेको थियो । उक्त सडकखण्डअन्तर्गत स्याउले–हाटखोली सात किलोमिटर कालोपत्रको काम सम्पन्न हुने क्रममा रहेको आयोजना कार्यालयले जनाएको छ ।  

विसं २०६४ मा धनगढी–खुटिया–दिपायल द्रुतमार्गको औपचारिक रूपमा सर्भे गरी ‘ट्रयाक’ खोल्ने काम गरिएको थियो । त्यसबेला खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भएकामा पछि पूर्वपश्चिम राजमार्गको स्याउले–धनगढीसम्मको १० किलोमिटर सडक थपेर ९२ किलोमिटर कायम गरिएको थियो । 

धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ ‘फास्टट्र्याक’ छोटो दूरीलगायत अन्य दृष्टिकोणले महत्वपूर्ण मानिएको उक्त सडक निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा निर्माण कार्यले गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ । 

सो सडक धनगढी–खुटिया–डोटीको बिपीनगर–केआइसिंह गाउँपालिका हुँदै दिपायलसँग जोडिनेछ । सो सडकखण्डअन्तर्गत दिपायलसम्म ट्र्याक खोल्ने काम पूरा भएर स्तरोन्नति भइरहेको आयोजना कार्यालयका इञ्जिनियर रैखोलाले जानकारी दिए ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  २ : ४१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको