मुस्ताङमा बाजागाजासहित सुरक्षाकर्मीले भित्र्याए फूलपाती  « Khabarhub

मुस्ताङमा बाजागाजासहित सुरक्षाकर्मीले भित्र्याए फूलपाती 


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा धार्मिक परम्पराअनुसार फूलपाती भित्र्याइएको छ । 

यहाँस्थित नेपाली सेनाको इन्द्र बक्स गण, सशस्त्र प्रहरी बल ३३ नं गुल्म र जिल्ला प्रहरी कार्यालयले आज जोमसोमस्थित गणेश मन्दिरबाट पूजाअर्चना र सलामीसहित आ–आफ्नो शक्तिपीठमा सैनिक बाजागाजासहित फूलपाती डोली भित्र्याएको हो ।

यसअघि जोमसोमस्थित नेपाली सेनाको इन्द्रबक्स गणबाट नेपाली सेनाको टोली नवरात्रको पहिलो दिन घटस्थापनामा राखिएका फूलपातीलाई सैनिक बाजागाजासहित गणेश मन्दिरमा पुर्‍याइएको थियो । 

यसैगरी सशस्त्र प्रहरी बल नेपाल ३३ नंं गुल्म र जिल्ला प्रहरी कार्यालयले पनि घटनास्थापनामा राखिएको फूलपातीलाई गणेश मन्दिरमा पुर्‍याएको थियो । यसरी यहाँ सुरक्षा निकायले गणेश मन्दिर पुर्‍याइएको फूलापातीलाई नेपाली सेनाका पुरोहित लक्ष्मण अर्यालले पूजाआजा गरेका थिए । 

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  २ : ४७ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर