धनकुटामा फूलपाती बढाइँ « Khabarhub

धनकुटामा फूलपाती बढाइँ


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

धनकुटा– प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्‍तमीका दिनमा मनाइने फूलपाती पर्वका अवसरमा धनकुटामा फूलपाती बढाइँ गरिएको छ । 

धनकुटाको निशान भगवती मन्दिरमा फूलपातीको अवसर पारेर मन्दिरबाट डोलीमा निशान बोकेर बजार परिक्रमा गरी त्यस पश्चात टुँडिखेलमा विशेष पूजाआजा गरी फूलपाती बढाई गरिएको हो । धनकुटामा वि.स. १८३१ सालदेखि फूलपाती बढाई गरिदै आएको छ ।

झाँकीसहित निशानदेवीमा अशोक, केरा जयन्ती, हलेदो बेलपत्र, धान, सामा, दारिम र माने लगायतका विभिन्न नौ प्रकारका वनस्पतिका साथ डोलीमा राखेर विषेश पुजा गर्ने चलन रहेको छ ।

फूलपाती बढाईमा नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीले सलामी दिएका थिए ।  नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्भागवत र अन्य देवी स्तोत्रको पाठ पारायण पनि गरिन्छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ३ : १६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको