धनकुटामा फूलपाती बढाइँ « Khabarhub

धनकुटामा फूलपाती बढाइँ


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

धनकुटा– प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्‍तमीका दिनमा मनाइने फूलपाती पर्वका अवसरमा धनकुटामा फूलपाती बढाइँ गरिएको छ । 

धनकुटाको निशान भगवती मन्दिरमा फूलपातीको अवसर पारेर मन्दिरबाट डोलीमा निशान बोकेर बजार परिक्रमा गरी त्यस पश्चात टुँडिखेलमा विशेष पूजाआजा गरी फूलपाती बढाई गरिएको हो । धनकुटामा वि.स. १८३१ सालदेखि फूलपाती बढाई गरिदै आएको छ ।

झाँकीसहित निशानदेवीमा अशोक, केरा जयन्ती, हलेदो बेलपत्र, धान, सामा, दारिम र माने लगायतका विभिन्न नौ प्रकारका वनस्पतिका साथ डोलीमा राखेर विषेश पुजा गर्ने चलन रहेको छ ।

फूलपाती बढाईमा नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीले सलामी दिएका थिए ।  नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्भागवत र अन्य देवी स्तोत्रको पाठ पारायण पनि गरिन्छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ३ : १६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु