पछिल्लो परिस्थितिमा पार्टीहरूको पुनर्गठन जरुरी : घनश्याम भुसाल | Khabarhub Khabarhub

पछिल्लो परिस्थितिमा पार्टीहरूको पुनर्गठन जरुरी : घनश्याम भुसाल


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जेन-जी आन्दोलनमा घटेका घटना कुनै नयाँ नभएको बताएका छन्। 

विशेष पत्रकार सम्मेलन गर्दै भुसालले नेताहरूको चरित्र हेर्दा पहिले नै एउटा उत्पात आउँछ भन्ने संकेत गरिसकेको बताएका छन्। उनले यी सबै घटनाक्रमले गर्दा पार्टीहरू पुनर्गठन र नेतृत्व पुनर्गठनका आवश्यकता रहेको बताएका छन्।

‘एउटा उत्पात आउँछ भन्ने पहिले नै संकेत थियो। त्यसले ठूलो भयानक अवस्था सिर्जना गर्छ भन्ने लागेको थियो । उत्पातले भयानक ठूलो सामाजिक अस्थिरता सिर्जना गर्दैछ । राजनीतिक भ्याकुम क्रिएट गर्दैछ भन्ने बारेमा केही संकेत देखेको थियो । अर्थतन्त्र जसरी केही बिचौलिया घरानाहरूको नियन्त्रणमा,’ भुसालले भने, ‘राजनीतिका बिचौलियाका घराना र र अर्थतन्त्रका बिचौलियाका घराना तिनको गठजोडले यो संकट आउँछ भन्ने कुरा थियो । अहिले यी सबै कुराहरू हुँदा पनि राजनीतिक पार्टीहरूले सुध्रिने छनक गरेका छैनन् यसले अर्को संकट सिर्जना गर्दैछ भन्ने देखिन्छ । पार्टीहरूको पुनर्गठन जरुरी छ । पार्टीहरूको सुधारको कुरा सुरु हुनुपर्छ’ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ३ : ३६ बजे

दसैँले बजार चलायमान, व्यवसायीलाई राहत

चितवन– बडादसैँको चहलपहलसँगै यहाँका बजार पनि चलायमान भएका छन् ।

पूर्व सांसदलाई रास्वपाको आग्रह- रातो पासपोर्ट र परिचयपत्र संसद् सचिवालयमा बुझाउनू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका पूर्व सांसदहरूलाई रातो

फरार कैदीबन्दीलाई फर्किएर आउन नख्खु कारागारको आग्रह

पाटन– ललितपुरस्थित नख्खु कारागारले फरार कैदीबन्दीलाई फर्किएर आउन आग्रह गरेको

वर्षाका कारण अरनिको र विपी राजमार्गमा समस्या, यात्रुलाई सास्ती 

काभ्रे– वर्षा कारण दशैं मनाउन आफ्ना घरतर्फ गइरहेका यात्रु अरनिको

मिथिलामा आजदेखि सुरु भयो प्रतिमा पूजन

जलेश्वर– बडा दसैँको सप्‍तमीका दिन माता दुर्गा भवानीको प्रतिमा अनावरण