मुलुक जोगाउन दलको नेतृत्व युवाहरूलाई दिनुपर्छ : घनश्याम भुसाल « Khabarhub

मुलुक जोगाउन दलको नेतृत्व युवाहरूलाई दिनुपर्छ : घनश्याम भुसाल


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकलाई असफलताबाट जोगाउनका लागि राजनीतिक दलको नेतृत्व युवाहरूलाई दिनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा सञ्चारकर्मीसँग छलफलका क्रममा भुसालले मुलुक अहिलेको अवस्थामा पुग्नुका कारण मरणोपरान्त सत्ताभोगका लागि राजनीतिक दललाई कब्जा गरेर बसेका मुख्य नेताहरू नै रहेको भन्दै मुलुकलाई असफलताबाट जोगाउनका लागि नेतृत्व युवाहरूलाई दिनुपर्ने बताएका हुन् ।

अहिले पनि मुख्य राजनीतिक पार्टीहरूमा संस्थागत सुधारको परिणाममुखी पहलकदमी नदेखिएको उनले बताए । 

उनले कुनै पनि बहानामा मुख्य नेताहरूले अहिलेको परिस्थितिलाई नजरअन्दाज गर्न खोजे मुलुकलाई अर्को चक्रबाट बचाउन नसकिने जिकिर गरे ।

अब पनि दलहरू गम्भीर हुन नसके उनीहरुविरुद्ध युवाहरूको विरोध बढ्दै जाने र अराजनीतिक–अपराधीक समूह तथा प्रतिगामीले खेल्ने ठाँउ पाउने उनको भनाइ छ । उनले तत्काल त्रासदीपूर्ण सम्भावनालाई रोक्न बामपन्थी आन्दोलनका सबै इमानदार राजनीतिकर्मीहरूले तत्कालै सक्रियता लिनुपर्ने धारणा राखे ।

भुसालले मुलुकलाई नयाँ बिन्दुमा लैजाने अहिले महत्वपूर्ण अवसर भएको समेत बताए ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ३ : ५० बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर