नेपाली पौडीबाज अथर्वको दुई राष्ट्रिय कीर्तिमान « Khabarhub

नेपाली पौडीबाज अथर्वको दुई राष्ट्रिय कीर्तिमान


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली पौडीबाज अथर्व सिंहले ११ औँ एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा आज दुई नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

भारतको अहमदाबादमा जारी प्रतियोगितामा अथर्वले पुरुष एक हजार पाँच सय मिटर फ्रिस्टायल १७ मिनेट ४३.५७ सेकेन्डमा पूरा गर्दै १० वर्षअघि शिरिष गुरुङले बनाएको १८ मिनेट ४५.६२ सेकेन्डको कीर्तिमान भंग गरे । 

सोही स्पर्धामा नेपालका कल्किन श्रेष्ठले पनि शिरिषको कीर्तिमानलाई उछिने । कल्किनले १८ मिनेट ११.११ सेकेन्डमा निर्धारित दूरी तय गरेको पौडीका मुख्य प्रशिक्षक शंकर कार्कीले जानकारी दिए । 

अथर्वले अर्को कीर्तिमान चार सय मिटर व्यक्तिगत मिड्लेमा बनाए । यो स्पर्धामा पनि अथर्वले सन् २०१६ मा शिरिषले नै स्थापित गरेको पाँच मिनेट ०४.७० सेकेन्डको कीर्तिमान तोडेका हुन् । 

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ४ : ४१ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर