काठमाडौंमा ३ करोड रुपैयाँका नयाँ सिसिटिभी क्यामरा जडान हुने | Khabarhub Khabarhub

काठमाडौंमा ३ करोड रुपैयाँका नयाँ सिसिटिभी क्यामरा जडान हुने


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यका विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडानका लागि प्रहरीलाई ३ करोड रुपैयाँ प्रदान गरेको छ ।

बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा महानगरका प्रमुख विद्या सुन्दर शाक्यले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई ३ करोड रकमको चेक हस्तान्तरण गरे ।

उपत्यकाभित्र अहिले ४ सय ६० वटा सिसिटिभि क्यामेरा जडान गरिएको छ । महानगरपालिकाले प्रदान गरेको ३ करोडबाट आवश्यक परेका ठाउँमा नयाँ सिसिटिभी क्यामरा जडान गरिने छ । कुन स्थानमा र कति वटा क्यामरा जडान गर्ने भन्ने विषयमा भने निर्णय भइसकेको छैन ।

महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले राम्रो कामको थालनीका लागि रकम हस्तान्तरण गरेको बताइन् । ‘घटना घट्ने र बाहिर नआउने वातावरण भएकाले सूचना लिनका लागि सिसिटिभी आवश्यक रहेको उनको भनाइ छ ।’

उक्त क्यामेरा जडान गरेपछि सार्वजनिक स्थानमा फोहोर फ्ँयाक्ने व्यक्ति पत्ता लाग्ने र अनैतिक कार्यमा संलग्नहरुलाई पक्रन सहज हुने कुरामा विश्वस्त रहेको समेत उनले बताइन् ।

‘यसअघिसम्म अपराधी पक्रनका लागि सिसिटिभी राखिन्थ्यो, अब भने अपराध हुन नदिन राखिन्छ,’ महानगरका प्रमुख शाक्यले भने ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सिसिटिभी क्यामराले अपराधलाई नियन्त्रण र अनुसन्धान गर्न वैज्ञानिक भूमिका खेल्ने बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ६ : ४२ बजे

मेची राजमार्ग अवरुद्ध, चार जिल्लाका यात्री प्रभावित

फिक्कल– बिहीबारदेखिको अविरल वर्षाले अवरुद्ध मेची राजमार्ग आज पनि बन्द

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

नयाँदिल्ली– आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक

घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग

धनगढी– घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो

फोहोरको बोझले कान्ति गुमाएको जनकपुरधाम

नेपालको मिथिला क्षेत्रको मुटुमा अवस्थित जनकपुरधाम केवल धार्मिक केन्द्र मात्र

सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेका होटलमा पर्यटक खचाखच

सोलुखुम्बु– प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा