तलेजु भवानीलाई दशैँ घर भित्र्याउँदै तुलजा यात्रा सम्पन्न « Khabarhub

तलेजु भवानीलाई दशैँ घर भित्र्याउँदै तुलजा यात्रा सम्पन्न


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रसिद्ध भक्तपुरको तलेजु भवानीलाई आज शुभसाइतमा दशैँ घर भित्र्याएर तुलजा यात्रा सम्पन्न भएको छ । तुलजा यात्राका क्रममा आज शुभसाइतमा श्री तलेजु भवानीलाई मूल चोक दक्षिण देवगृहबाट मूल चोकको पश्चिम कुमारी चोकस्थित दसैँघरमा भित्र्याइएको छ ।

राजोपाध्याय, जोशी र कर्माचार्य पूजारीहरूले तलेजु भवानीसहित अन्य देवीदेवतासमेत दसैँ घर भित्र्याइएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । 

तलेजु यात्राका क्रममा १९ जना पुजारीले जामा, पगरी, भोटो, खास्टोसहितको पुरातन पोसाक लगाएर देवीदेवतालाई बोकेर दसैँ घर भित्र्याइएको हो । धिमे बाजा, खिः बाजा र भजनसहित तुलजा यात्रा गर्ने क्रममा मूल चोकमा तुलजा भवानीको दर्शन गर्न स्थानीयको भीड लागेको थियो । 

मूल नाइके जोशीले राज प्रतिनिधिस्वरूप नेपाली परम्परागत पोसाक लगाएर खड्ग बोकी यात्रा सम्पन्न गरिएको जानकारी दिए । आज सप्तमीदेखि विजयादशमीको दिनसम्म चार दिन तलेजु एवं अन्य देवता घरमा राखिने परम्परा छ ।

विजयादशमीको दिन देवी विसर्जन गरेपछि तलेजुलाई टीका तथा जमरा लगाएसँगै कुमारी चोकस्थित दसैँघरबाट मूलचोकको दक्षिण देवगृहमै भित्र्याउने परम्परा रहेको उनले जानकारी दिए । तलेजुमा ऋग्वेद, यजुर्वेद, अथर्ववेद र सामवेदलगायतको पाठ गरिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ६ : १४ बजे

रास्वपा सांसदकै आक्रोश : सरकार गैरजिम्मेवार हुँदा खाली सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले

‘सुरक्षाको अनुहार हेर्दै हाँसो लाग्ने’ भन्दै हमालले गरे ‘बडी सेमिङ’

काठमाडौं – विद्वान–समझदार कलाकारको छवि बनाएका महानायक राजेश हमाल नायिका

बालेनले त्यागे प्रोटोकल नमिल्ने तर्क, चस्मा खोलेर बढाए कूटनीतिक सक्रियता

काठमाडौं- सरकार गठनको चार महिनापछि प्रधानमन्त्री वालेन्द्र शाह कूटनीतिक भेटघाटमा

हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतलाई बङ्गलादेशको आग्रह

एजेन्सी– बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतलाई

त्रिपक्षीय रक्षा सम्झौताले क्षेत्रीय समीकरण बदल्ने इरानको दाबी

एजेन्सी– इरानले साउदी अरेबिया, टर्की र पाकिस्तानबीच गत साता भएको