सिरहामा लुकाएर राखेको ४० बोरा अनुदानको मल बरामद « Khabarhub

सिरहामा लुकाएर राखेको ४० बोरा अनुदानको मल बरामद


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सिरहा- जिल्ला प्रशासन कार्यालय सिरहाले अनुदानको ४० बोरा डिएपी मल बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा आज गोलबजार नगरपालिका–६ मा व्यवसायी जितन सहनीको घरबाट लुकाएर राखिएको अवस्थामा मल बरामद गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत सन्तोष रायले जानकारी दिए ।

उनले भने, “नेपाल सरकारद्वारा अनुदानित कृषि सामग्री कम्पनीको मल लुकाएको भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा ४० बोरा डिएपी र युरिया मल बरामद गरिएको हो ।”

बरामद मल इलाका प्रहरी कार्यालयको निगरानीमा गोदाममै सिल गरिएको र घरधनी हालसम्म फेला नपरेकाले थप विवरण खुल्न नसकेको रायले बताए ।

यसअघि असोज ८ गते सोही स्थानबाट १५४ बोरा अनुदानको मल बरामद गरिएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ८ : ४४ बजे

सिरहामा ‘एचपीभी’ खोप अभियान दुई चरणमा सञ्चालन हुँदै

सिरहा– पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै

‘कुमारी’का विदेश प्रदर्शन तय

काठमाडौं – दिनेश राउत निर्देशित लभ स्टोरी फिल्म ‘कुमारी’ विदेशमा

दक्षिण सुडानको जोङ्लेई राज्यको अवस्था बिग्रँदै

न्यूयोर्क– संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले दक्षिण

निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक उम्मेदवारको विवरण अपूरो

काठमाडौं – निर्वाचन आयोगले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको उम्मेदवारको सूचीमा

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ