पूर्व गोरखा सैनिक राईको लोभलाग्दो बाख्रापालन व्यवसाय « Khabarhub

पूर्व गोरखा सैनिक राईको लोभलाग्दो बाख्रापालन व्यवसाय


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२, सिरदलीका सूर्यप्रसाद राई ३० वर्ष ब्रिटिस सेनामा सेवा गरेर अवकाशपछि आफ्नै गाउँ फर्किएर बाख्रापालन व्यवसायमा लागेका छन् । आफूले कमाएको रकम र सीपलाई सदुपयोग गर्दै व्यावसायिक बाख्रापालनमा जुटेका उनी अहिले समाजमा उदाहरणीयसमेत बनेका छन् ।

आफूलाई विदेशमा बस्ने सुविधा हुँदाहुँदै पनि नेपालको मायाले यहाँ फर्केर बाख्रापालन व्यवसायमा लागेको उनले बताए । समाजलाई केही सेवा गर्ने लक्ष्यले विसं २०७५ सालबाट व्यावसायिक रुपमा बाख्रापालन गरिरहेको उनको भनाइ छ । 

‘करिव ३० वर्ष ब्रिटिस सेनामा जागिर खाएँ’, उनले भने, ‘मलाई त्यहीँ बस्ने पनि सुविधा थियो । तर म गाउँमा फर्केर समाजको लागि उदाहरणीय बन्ने सोचले व्यावसायिक कृषि पेसामा लागेको हुँ ।’

उनी अम्बा कृषि बाख्रापालन फर्म दर्ता गरेर व्यावसायिक रुपमा यो पेसामा लागेका हुन् । करिव बाह्र रोपनी बढी क्षेत्रफल रहेको फर्ममा अहिले, बोयर, स्थानीय खरीजातका बाख्रा रहेका छन् । ब्रिटिस सरकारले त्यहाँ बस्नको लागि दिएको नागरिकता त्यागेर यो व्यवसायमा जोडिएको उनले बताए ।

उनले आफ्नै बारीमा सुन्तला, कागती, रुद्राक्षको पनि खेती गरिरहेको बताए । आफूलाई पेन्सनको रुपमा आएको पैसाले राम्रोसँग जीविकोपार्जन गर्न पुग्ने भएपनि समाजका मानिसहरूलाई केही ज्ञान दिने लक्ष्यले व्यवसायमा लागेको उनको भनाइ छ ।

ब्रिटिस सेनाको जागिर पश्चात उहाँले गाउँमा गरिरहेको बाख्रापालन व्यवसाय समाजको लागि अनुरकरणीयसँगै उदाहरणीय रहेको टेम्केमैयुङ–३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताए ।

व्यावसायिक रुपमा बाख्रापालन तथा अन्य कृषि व्यवसायमा लागेका किसानलाई स्थानीय सरकारकाले पनि आवश्यक प्रोत्साहन गरिरहेको वडाध्यक्ष राईले बताए । व्यवसायमा लागेको किसानलाई थप उर्जा थप्न उन्नत जातको बोका वितरणसँगै आवश्यक प्राविधिक सहयोग गर्दै आएको उनको भनाइ छ । (रासस) 

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ७ : २५ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको