युवाबीच आत्मीय सम्बन्ध बढाउन खेलकुद उत्सव « Khabarhub

युवाबीच आत्मीय सम्बन्ध बढाउन खेलकुद उत्सव


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– भानु नगरपालिका–१२ स्थित अर्चले युवा क्लवले दसैंको अवसरमा खेलकुद उत्सव गरेर युवाहरुबीच आत्मीय सम्बन्ध बढाउने प्रयास गरेको छ । दसैंको अवसर पारेर क्लबले शनिबारदेखि सोमबारसम्म अर्चलेमा खेलकुद उत्सव गरेको हो । 

युवाबीच सद्भाव, समन्वय, सहकार्य र पारस्परिक एकताको भावना विकास गर्न क्लबले खेलकुद उत्सव आयोजना गरेको क्लबका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । 

खेलकुद उत्सवअन्तर्गत खुल्ला पुरुष भलिबलको उपाधि भानु नगरपालिका–१ भन्सार युवा परिवारले जितेको छ । फाइनल खेलमा भानु नगरपालिका–१० राइपालीभञ्ज्याङ युवा क्लवलाई पराजित गर्दै भन्सारले भलिबलको उपाधि जितेको हो । 

उपाधिसँगै भन्सारले नगद ५० हजार, पदक र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता राइपालीभञ्ज्याङलाई नगद रु २५ हजार, पदक र प्रमाणपत्र प्रदान गरिएको छ । यसैबीच, खुल्ला महिला फुटबल प्रतियोगिताको उपाधि जयापानी महिला समूहले जितेको छ भने अर्चले महिला समूहले उपविजेतामा चित्त बुझाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  १२ : २३ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब