राष्ट्रपति सीसँग नेपाल आउँदैछन् यी चिनियाँ नेता « Khabarhub

राष्ट्रपति सीसँग नेपाल आउँदैछन् यी चिनियाँ नेता


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनका राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदैछन् । उनीसँगै चार जना महत्वपूर्ण नेताहरु पनि काठमाडौं आउँदैछन् । उनीहरु सबै उपप्रधानमन्त्री सरहकै हैसियत भएका नेताहरु हुन् ।

राष्ट्रपति सीसँगै आउने नेतामा डिङ्ग सुईसियाङ हुन् । उनी चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटिकल ब्युरो सदस्य हुन् । त्यसका साथै सुईसियाङ चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालयको महानिर्देशक हुन् ।

त्यस्तै अर्का नेता याङ जिची पनि भ्रमणमा दलमा सदस्य छन् । उनी चीनको पुर्व विदेशमन्त्री र स्टेट काउन्सिलर रहिसकेका नेता हुन् । हाल उनि सिपीसीको महासचिव समेत रहेका चिनियाँ राष्ट्रपति सी मातहतको विदेश मामिला आयोगको निर्देशक छन् । त्यसका साथै उनि पार्टीको पोलिटिकल ब्युरोको सदस्य समेत हुन् ।

भ्रमण दलमा अर्का नेता हुन् विदेशमन्त्री वाङ यी । उनी चीनको स्टेट काउन्सिलर समेत हुन् । वाङ नेपालस‍ँग परिचित नेता समेत हुन् । उनी पनि उपप्रधानमन्त्रीसरहकै चिनियाँ नेता हुन् । गत महिना मात्र उनले नेपालको भ्रमण गरेका थिए ।

सीको टोलीमा ही लिफेङ्ग समेत रहेका छन् । राष्ट्रिय विकास र सुधार आयोगसम्बन्धी क्षेत्र हेर्ने मन्त्री ही चिनियाँ राष्ट्रपति सीका अति विश्वासिला नेता हुन् । उनले यसअघि फुझोओ, तेन्जिन र सेयामिनमा पार्टी प्रमुख भएर काम गरेका थिए । त्यसका साथै चिनियाँ राष्ट्रपति सी फुजियान प्रान्तमा कार्यरत हुँदा हिले निकट सहयोगी भएर मातहतमा काम गरेका थिए ।

टोलीमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ्ग ताओ समेत नेपाल आउँदैछन् । उनी चीनको बहालवाला मन्त्री समेत हुन् । गत महिना मात्र ताओ नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेपाल भ्रमणको क्रममा काठमाडौं आएका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ९ : ३९ बजे

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब