कैलालीमा उखुखेतीको क्षेत्रफल घट्दै « Khabarhub

कैलालीमा उखुखेतीको क्षेत्रफल घट्दै


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गोदावरी– पछिल्ला वर्ष कैलालीमा नगदेबालीका रूपमा खेती हुँदै आएको उखुखेतीको क्षेत्रफल घट्दै गएको छ । 

उखुखेतीको प्रवर्द्धन र उत्पादन क्षेत्रफल बढाउन उखुखेतीमा संलग्न किसानलाई बीउ, मललगायत आवश्यक सामग्रीमा अनुदानका कार्यक्रम नहुँदा उक्त खेतीको क्षेत्रफल घट्दै गएको हो ।

उत्पादित उखुको बजार पनि अभाव भएका कारण किसानको आकर्षण घट्दै गएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । प्रदेश सरकारले जिल्लामा उखुखेतीमा संलग्न किसानलाई हालसम्म कुनै अनुदानका कार्यक्रम उपलब्ध नगराएको किसानको गुनासो छ । 

विगतमा व्यावसायिक रूपमा उखुखेती गर्दै आएका किसानले उखुखेतीको विकल्पमा विस्तारै अन्य खेती गर्न थालेका छन् । ज्ञान केन्द्रका अनुसार जिल्लामा २०-२२ वर्षअघि ७०० हेक्टर क्षेत्रफलमा विस्तार भएको उखुखेतीको क्षेत्रफल घटेर २३६ हेक्टरमा पुगेको छ ।

केन्द्रका सूचना अधिकारी दुर्गाप्रसाद ओझाले जिल्लामा आव २०८०-८१ मा जिल्लामा २३७ हेक्टर क्षेत्रफलमा उखुखेती गरिएकामा पाँच हजार ७८० मेट्रिकटन, आव २०८१-८२ मा २३७ हेक्टरमा उखुखेती गरिएकामा उत्पादन पाँच हजार ७८० मेट्रिकटन उत्पादन भएको जानकारी दिए ।

उखुखेती गर्ने किसानलाई कृषि औजार, उपकरण, बीउलगायत अन्य अनुदानका कार्यक्रम उपलब्ध गराउन सके किसानको आकर्षण बढ्न सक्ने सूचना अधिकारी ओझाको भनाइ छ ।

तीन तहका सरकारले उखुखेती प्रवद्र्धन गर्न किसानलाई अनुदान रकमसँगै खेती गर्ने तरिका, आवश्यक औजार, उन्नत जातका बीउ र लगाउने विधिका बारेमा ज्ञान तथा सीप उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । 

उखुखेतीमा बजारको अभाव भएकाले किसानले लागतअनुसार आम्दानी  लिन नसक्नुका कारणले पनि किसानको सङ्ख्या घट्दै गएको ज्ञान केन्द्रले जनाएको छ । विसं २०५४ मा चुहामा वासुलिङ सुगर मिल सञ्चालनमा आएपछि जिल्लामा उखुखेती गर्ने किसानको सङ्ख्या बढेको थियो । सो मिल बन्द भएसँगै यहाँका किसानले क्रमशः उखुखेती गर्न छाड्नुपर्ने अवस्था आएको हो ।

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकअनुसार प्रदेशभर छ हजार १९७ हेक्टर क्षेत्रफलमा उखुखेती गरिँदै आएकामा तीन लाख ५९ हजार ३२१ मेट्रिकटन उत्पादन भएको छ ।

प्रदेशमा सबैभन्दा बढी कञ्चनपुरमा पाँच हजार ६२५ हेक्टरमा खेती गरिँदै आएकामा तीन लाख ४३ हजार १२५ मेट्रिकटन उत्पादन भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । कञ्चनपुर र कैलालीपछि बैतडीमा २६० हेक्टरमा चार हजार १९० मेट्रिक टन उत्पादन भएको जनाइएको छ । 

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  २ : ३५ बजे

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?