सावधान ! तामाको भाँडामा यस्ता चिजहरु राख्दा बन्छ बिष समान « Khabarhub

सावधान ! तामाको भाँडामा यस्ता चिजहरु राख्दा बन्छ बिष समान


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तामाको भाँडामा पानी राखेर खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने विषयमा सवैलाई जानकारी भए पनि केही चिजहरु तामाको भाँडामा राख्दा विष समान बन्छ भन्ने थाहा नहोला ।

आज हामीले तामाको भाँडामा केही चिजहरु राखेर खाँदा त्यसले मानव स्थास्थ्यलाई पुर्‍याउने असरका बारेमा जानकारी दिएका छौं ।

कुन–कुन चिज तामाको भाँडामा राख्नुहुन्न भन्ने बारेमा तपाईंलाई जानकारी नहुन सक्छ । त्यसैले केही कुरा ख्याल राख्न जरुरी हुन्छ, जुन यहाँ प्रस्तुत गरिएको छ-

अचार

अचार तामाको भाँडामा कहिलै पनि राख्नुहुँदैन । अचारमा भएको तत्व कपर पोइजनिङ्गमा परिणत हुन्छ, जसको प्रयोगले स्वास्थ्यलाई हानी गर्छ ।
दही

दहीलाई तामो भाँडामा राखेमा त्यसमा भएको पोषक तत्व उल्टै बिषमा परिणत हुन्छ । तामाको भाँडामा राखेको दही खाँदा यसले पनि स्वास्थ्यमा असर पुर्‍याउँछ ।

दूध

दूध पनि तामाको भाँडामा राख्दा दही जस्तै दुधमा भएको पोषक तत्व विषमा परिणत हुन्छ । यसको सेवन गर्दा मानिसलाई वाकवाकी लाग्ने पेट दुखने लगायतका समस्या देखिन्छन् ।

लेमन जूस

लेमन जूस पनि तामाको भाँडामा राख्नुहुन्न । यसमा भएको एसिड तामासँग रियाक्स्न भएर बिष समान बन्छ । जुन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । तामाको भाँडामा राखेको लेमन जुस खाँदा ग्याष्टिक बढ्ने, पेट दुख्ने समस्या देखिन्छ ।

अमिलो खालका खानेकुरा

अमिलो खालका फलफुल, तरकारी लगायतका चिजहरु तामाको भाँडामा राख्नुहुन्न । यसरी तामाको भाँडामा राखेको खाएमा स्वास्थ्यमा असर पुर्‍याँउछ ।

तामाको भाँडामा राखिएका यी चिजहरु खाँदा स्वास्थ्यमा असर पुग्ने भए पनि तामाको भाँडामा राखेको पानीले भने स्वास्थ्यलाई फाइदा पुग्छ । तामालाई हिन्दु परम्परा अनुसार पवित्र धातु मानिन्छ। र यसलाई वैदिक कार्यहरुमा अनिवार्य मानिन्छ ।

तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ । आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ । यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  १० : ०४ बजे

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो