सावधान ! तामाको भाँडामा यस्ता चिजहरु राख्दा बन्छ बिष समान | Khabarhub Khabarhub

सावधान ! तामाको भाँडामा यस्ता चिजहरु राख्दा बन्छ बिष समान


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तामाको भाँडामा पानी राखेर खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने विषयमा सवैलाई जानकारी भए पनि केही चिजहरु तामाको भाँडामा राख्दा विष समान बन्छ भन्ने थाहा नहोला ।

आज हामीले तामाको भाँडामा केही चिजहरु राखेर खाँदा त्यसले मानव स्थास्थ्यलाई पुर्‍याउने असरका बारेमा जानकारी दिएका छौं ।

कुन–कुन चिज तामाको भाँडामा राख्नुहुन्न भन्ने बारेमा तपाईंलाई जानकारी नहुन सक्छ । त्यसैले केही कुरा ख्याल राख्न जरुरी हुन्छ, जुन यहाँ प्रस्तुत गरिएको छ-

अचार

अचार तामाको भाँडामा कहिलै पनि राख्नुहुँदैन । अचारमा भएको तत्व कपर पोइजनिङ्गमा परिणत हुन्छ, जसको प्रयोगले स्वास्थ्यलाई हानी गर्छ ।
दही

दहीलाई तामो भाँडामा राखेमा त्यसमा भएको पोषक तत्व उल्टै बिषमा परिणत हुन्छ । तामाको भाँडामा राखेको दही खाँदा यसले पनि स्वास्थ्यमा असर पुर्‍याउँछ ।

दूध

दूध पनि तामाको भाँडामा राख्दा दही जस्तै दुधमा भएको पोषक तत्व विषमा परिणत हुन्छ । यसको सेवन गर्दा मानिसलाई वाकवाकी लाग्ने पेट दुखने लगायतका समस्या देखिन्छन् ।

लेमन जूस

लेमन जूस पनि तामाको भाँडामा राख्नुहुन्न । यसमा भएको एसिड तामासँग रियाक्स्न भएर बिष समान बन्छ । जुन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । तामाको भाँडामा राखेको लेमन जुस खाँदा ग्याष्टिक बढ्ने, पेट दुख्ने समस्या देखिन्छ ।

अमिलो खालका खानेकुरा

अमिलो खालका फलफुल, तरकारी लगायतका चिजहरु तामाको भाँडामा राख्नुहुन्न । यसरी तामाको भाँडामा राखेको खाएमा स्वास्थ्यमा असर पुर्‍याँउछ ।

तामाको भाँडामा राखिएका यी चिजहरु खाँदा स्वास्थ्यमा असर पुग्ने भए पनि तामाको भाँडामा राखेको पानीले भने स्वास्थ्यलाई फाइदा पुग्छ । तामालाई हिन्दु परम्परा अनुसार पवित्र धातु मानिन्छ। र यसलाई वैदिक कार्यहरुमा अनिवार्य मानिन्छ ।

तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ । आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ । यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  १० : ०४ बजे

नहरमा डुबेर एक जनाको मृत्यु

लम्की– कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको

काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२-०८३ का लागि कक्षा

कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै

जुवातास खेल्ने २६ जना पक्राउ

काठमाडौं- जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र चितवनबाट प्रहरीले २६ जनालाई

धुलिखेलको ‘जन्मोत्सव उद्यान’ मा एक हजार बिरुवा रोपिए

काभ्रेपलाञ्चोक – धुलिखेलस्थित ‘जन्मोत्सव उद्यान’ र आसपासका क्षेत्रमा आज विभिन्न