इन्डोनेसियामा विद्यालय भवन ढल्दा गयो दर्जनौँको ज्यान, उद्धार कार्य जारी « Khabarhub

इन्डोनेसियामा विद्यालय भवन ढल्दा गयो दर्जनौँको ज्यान, उद्धार कार्य जारी


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इन्डोनेसियाको विद्यालय भवन ढलेर अस्थिर कङ्क्रिटको भग्नावशेषमा फसेका विद्यार्थीहरूलाई उद्धारकर्ताहरूले अक्सिजन र पानी उपलब्ध गराउँदै आएका छन् । 

मंगलबार बिहानसम्म १२ घण्टाभन्दा बढी समय बितिसक्दा पनि बाँचेका मानिसहरूलाई मुक्त गर्न उनीहरू निरन्तर प्रयासरत छन् । कम्तीमा एक जना विद्यार्थीको निधन भएको पुष्टि भएको छ भने, दर्जनौँ घाइते हुनुका साथै करिब ६५ जना भग्नावशेषमा पुरिएको अनुमान गरिएको छ ।

पूर्वी जाभाको सिडोआरजोस्थित अल खोजिनी इस्लामिक बोर्डिङ स्कुलमा भएको दुर्घटनापछि उद्धारकर्मी, प्रहरी र सैनिकहरूले रातभरि उत्खनन गरी आठ जना कमजोर र घाइते विद्यार्थीलाई बाहिर निकाल्न सफल भएका थिए । तर भग्नावशेषभित्र थप शव देखिएकाले मृतकको सङ्ख्या बढ्ने आशंका गरिएको छ ।

भग्नावशेष हल्लिएर अर्को दुर्घटना हुने जोखिम देखिएपछि मंगलबार बिहान १०ः१५ बजे उद्धार कार्य अस्थायी रूपमा रोक्नुपरेको थियो । घटनास्थलमा रहेका दर्जनौँ एम्बुलेन्स र उद्धार टोलीहरूले सुरक्षाको कारण सबैलाई तत्काल क्षेत्र खाली गर्न आग्रह गरेपछि उपस्थितहरू आतङ्कित हुँदै भागेका थिए ।

विद्यार्थीहरूका परिवारजनहरू अस्पताल तथा ध्वस्त भवन वरिपरि भेला भई आफ्ना प्रियजनको खबरको प्रतीक्षामा बसिरहेका छन् । धुलोले ढाकिएका घाइते विद्यार्थीहरूलाई बाहिर निकालिँदा आफन्तहरूले विलाप गरेको दृश्य हृदयविदारक बनेको छ । विद्यालय परिसरमा राखिएको सूचना बोर्डअनुसार मङ्गलबार बिहानसम्म ६५ जना विद्यार्थी बेपत्ता रहेको र उनीहरू प्रायः १२ देखि १७ वर्ष उमेरका भएको उल्लेख गरिएको छ ।

‘हे भगवान्… मेरो छोरो अझै भग्नावशेषमुनि छ, कृपया मद्दत गर्नुहोस् !’ भन्दै एक आमाले आँसु झारिरहेका थिए । त्यस्तै एक बुबाले उद्धारकर्ताको हात समात्दै ‘कृपया, सर, मेरो छोरालाई तुरुन्तै खोजिदिनुहोस्’ भनेर बिन्ती गरे ।

उद्धार प्रयासको नेतृत्व गरिरहनुभएका अधिकारी नानङ सिगितका अनुसार कङ्क्रिटका भारी स्ल्याब र अस्थिर भागहरूले खोजीमा कठिनाइ बढाएको छ  भारी उपकरण प्रयोग गर्दा थप दुर्घटना हुने जोखिम भएकाले प्रयोग नगरेको उनले बताए । ‘हामी अझै पनि फसेकाहरूलाई अक्सिजन र पानी प्रवाह गरिरहेका छौँ, बाँचेका व्यक्तिहरूलाई जीवित राख्दै बाहिर निकाल्न केन्द्रित भएका छौँ’, उनले भने।

सयौँ उद्धारकर्मीहरू सास फेर्न सहयोग गर्ने उपकरण, निकासी तथा स्वास्थ्य उपचार सामग्रीसहित खटिएका छन् । विद्यार्थीहरू दिउँसो प्रार्थना गरिरहेको बेला दुर्घटना भएको हो । प्रान्तीय प्रहरी प्रवक्ता जुल्स अब्राहम अबास्टका अनुसार दुर्घटनाग्रस्त भवन एक अनधिकृत विस्तार गरिएको संरचना थियो ।

उद्धारपश्चात घाइते विद्यार्थीहरूलाई नजिकैका बासिन्दा, शिक्षक तथा प्रशासकहरूले प्राथमिक उपचारमा सहयोग गरेका थिए । धेरैलाई टाउकोमा चोट लागेको तथा हड्डी भाँचिएको अवस्था थियो । महिला विद्यार्थीहरू भने भवनको अर्को भागमा प्रार्थना गरिरहेकाले भाग्न सफल भएको बताइएको छ ।

अधिकारीहरूका अनुसार १३ वर्षे एक विद्यार्थीको मृत्यु भएको छ भने अन्य १०२ जना विद्यार्थी घाइते भई अस्पताल लगिएको छ । तीमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार दुई तले पुरानो भवनलाई अनुमति बिना थप दुई तला बनाइएको थियो । ‘पुरानो भवनको जगले कङ्क्रिटका थप तला सहन सकेन र ढलेको देखिन्छ’, अबास्टले भने।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ३ : ५७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै