नवरात्री मेलामा संस्कृति जोगाउँदै युवापुस्ता | Khabarhub Khabarhub

नवरात्री मेलामा संस्कृति जोगाउँदै युवापुस्ता


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– यहाँका नेवार समुदायका युवा पुस्ता दसैँमा परम्परागत बाजा बजाउँदै संस्कृति संरक्षणमा सक्रिय भएका छन् ।
    
घटस्थापनादेखि यहाँ लाग्ने नौराते अर्थात नवरात्री मेलामा युवायुवतीको समूहले धिमेलगायतका बाजा बजाउँदै आ–आफ्नो टोलबाट मन्दिर जाने र फर्किने गरेका छन् । 

त्यसरी बाजा बजाउँदै जाने आउनेको समूहले रात गुञ्जायमान हुने गरेको छ  । नेवारी पोसाकमा सजिएका उनीहरूले टोलटोलबाट धिमे, बाँसुरी, झ्यालीलगायत बाजा बजाउँदै मन्दिर गएपछि नवरात्री मेलाको रौनकता थपिएको स्थानीय बताउँछन् ।
    
घटस्थापनादेखि नवमीको रातिसम्म यस्ता बाजाले दसैँको रौनकता थपिने टौमढीका स्थानीय विजय धौभडेल बताउँछन्। मेला भर्न शक्तिपीठ आउँदा दसैंँ अवधिमा साँझ र राति भक्तपुर बाजागाजाको धुनले गुञ्जायमान हुने दत्तात्रयका रामचन्द्र प्रजापति बताउँछन्  ।
    
धिमे बजाउँदै नवरात्री मेलामा सहभागी हुन आएकी प्रतिमा श्रेष्ठले भनिन् ‘बाजा बजाउँदा आनन्द आउँछ । यो हाम्रो पुर्खाको देन पनि हो, पहिला केटी मान्छेले बाजा बजाउनु हुँदैन भन्थे, अहिले त्यस्तो छैन । त्यसैले बाजामा आकर्षित भएको हुँ ।’

बाजा बजाउँदै मेला भर्न आउने युवतीको सङ्ख्या पनि हरेक वर्ष बढ्दै गएको छ ।  ‘पहिले बाजा बजाउनेमा बढी सङ्ख्या युवकको हुन्थे भने अहिले बाजाप्रति युवतीको आकर्षण उत्तिकै बढेको छ’, बाजा टोलीमा झ्याली बजाउँदै आएकी सुनिता खर्बुजाले भनिन्। बाजाको प्रशिक्षण लिएपछि जात्रा र पर्वहरूमा बाजा बजाउन थालेको उनले बताइन् । 

भक्तपुरका संस्कृतिविद् प्रकाश धौभडेलले बाजाप्रति युवायुवतीको आकर्षण बढेको देखेर लोपोन्मुख बाजाहरूको संरक्षण हुनेमा ढुक्क भएको बताए।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ४ : २२ बजे

तालिबानद्वारा अफगानिस्तानमा इन्टरनेट र मोबाइल सेवा बन्द

काबुल- तालिबानद्वारा अफगानिस्तानमा इन्टरनेट र मोबाइल सेवा बन्द गरेको छ

‘हजारबाट सुरु भएको व्यापार पुँजी लाखौँ पुग्यो’

भद्रपुर (झापा)- “व्यापार सुरु गर्दा हामीसँग पैसाभन्दा पनि ठूलो सपना

अमेरिकाबाट निर्वासित १२० जना इरानीहरू यही हप्ता घर आइपुग्ने : मन्त्रालय

एजेन्सी – राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन कार्यक्रम अन्तर्गत मंगलबार संयुक्त

पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु, ३० घाइते

एजेन्सी – दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तमा मंगलबार अर्धसैनिक बलको मुख्यालयलाई

त्रिनगर नाकाबाट नौं हजारभन्दा बढी स्वदेश भित्रिए

गोदावरी– कैलालीको त्रिनगर नाकाबाट नौं हजार २०५ जना स्वदेश भित्रिएका