अमेरिकाबाट निर्वासित १२० जना इरानीहरू यही हप्ता घर आइपुग्ने : मन्त्रालय « Khabarhub

अमेरिकाबाट निर्वासित १२० जना इरानीहरू यही हप्ता घर आइपुग्ने : मन्त्रालय


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन कार्यक्रम अन्तर्गत मंगलबार संयुक्त राज्य अमेरिकाबाट निर्वासित गरेका १२० जना नागरिकहरू यस हप्ता घर फर्कने इरानले बताएको छ ।

आगामी दुई दिनमा १२० जनालाई निर्वासित गरी घर पुगाउनु पर्ने विदेश मन्त्रालयको कन्सुलर मामिला अधिकारी हुसेन नौशाबादीले तस्निम समाचार एजेन्सीलाई बताएका छन् । 
 
अमेरिकी अध्यागमन सेवाले हाल संयुक्त राज्य अमेरिकामा रहेका करिब ४०० इरानीहरूलाई निर्वासित गर्ने निर्णय गरेको जनाइएको छ । 

यस अघि न्युयोर्क टाइम्सले संयुक्त राज्य अमेरिकामा शरण लिएका करिब सय जना इरानीहरूलाई वासिङ्टन र तेहरान बिचको सम्झौता अन्तर्गत आफ्नो मातृ भूमिमा निर्वासित गरिएको रिपोर्ट गरेको थियो ।

अमेरिकी अधिकारीहरूले भाडामा लिएको विमान सोमबार साँझ दक्षिणी राज्य लुइसियानाबाट निस्किएको र खाडी राज्य कतारमा रोकिए पछि मङ्गलबार तेहरानमा अवतरण गर्ने अपेक्षा गरिएको जनाइएको छ ।

ट्रम्प प्रशासनले आप्रवासीहरूलाई कठोर मानव अधिकारको अवस्था भएका स्थानहरूमा पनि निर्वासन गर्न अहिले सम्मकै सबै भन्दा कडा दबाब दिएको बताइएको छ ।

यस वर्षको सुरुमा, संयुक्त राज्य अमेरिकाले धेरै इरानीहरूलाई निर्वासित गरिसकेको छ, जस मध्ये धेरै मध्य अमेरिकी देशहरूमा रहेको जनाइएको छ ।  

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ७ : ३१ बजे

नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनलगायत कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन

प्रस्तावित प्रधानन्यायाधीशको उजुरी अध्ययन गर्न समय माग्दै विपक्षी सांसद ‘फास्ट ट्र्याक’ को विरोध

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रियालाई

एमालेको प्रश्न: प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइमा किन हतारो ?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रस्तावित प्रधानन्यायाधीश

बाँके प्रहरीमा एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज– प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५ मुद्दा

संघीय संसदका दुवै सदनको बैठक बस्दै, प्रि–बजेटमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि