अमेरिकाबाट निर्वासित १२० जना इरानीहरू यही हप्ता घर आइपुग्ने : मन्त्रालय | Khabarhub Khabarhub

अमेरिकाबाट निर्वासित १२० जना इरानीहरू यही हप्ता घर आइपुग्ने : मन्त्रालय


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन कार्यक्रम अन्तर्गत मंगलबार संयुक्त राज्य अमेरिकाबाट निर्वासित गरेका १२० जना नागरिकहरू यस हप्ता घर फर्कने इरानले बताएको छ ।

आगामी दुई दिनमा १२० जनालाई निर्वासित गरी घर पुगाउनु पर्ने विदेश मन्त्रालयको कन्सुलर मामिला अधिकारी हुसेन नौशाबादीले तस्निम समाचार एजेन्सीलाई बताएका छन् । 
 
अमेरिकी अध्यागमन सेवाले हाल संयुक्त राज्य अमेरिकामा रहेका करिब ४०० इरानीहरूलाई निर्वासित गर्ने निर्णय गरेको जनाइएको छ । 

यस अघि न्युयोर्क टाइम्सले संयुक्त राज्य अमेरिकामा शरण लिएका करिब सय जना इरानीहरूलाई वासिङ्टन र तेहरान बिचको सम्झौता अन्तर्गत आफ्नो मातृ भूमिमा निर्वासित गरिएको रिपोर्ट गरेको थियो ।

अमेरिकी अधिकारीहरूले भाडामा लिएको विमान सोमबार साँझ दक्षिणी राज्य लुइसियानाबाट निस्किएको र खाडी राज्य कतारमा रोकिए पछि मङ्गलबार तेहरानमा अवतरण गर्ने अपेक्षा गरिएको जनाइएको छ ।

ट्रम्प प्रशासनले आप्रवासीहरूलाई कठोर मानव अधिकारको अवस्था भएका स्थानहरूमा पनि निर्वासन गर्न अहिले सम्मकै सबै भन्दा कडा दबाब दिएको बताइएको छ ।

यस वर्षको सुरुमा, संयुक्त राज्य अमेरिकाले धेरै इरानीहरूलाई निर्वासित गरिसकेको छ, जस मध्ये धेरै मध्य अमेरिकी देशहरूमा रहेको जनाइएको छ ।  

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ७ : ३१ बजे

वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा नेपाल १० विकेटले पराजित

काठमाडौं- वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम खेलमा नेपाल १० विकेटले

कर्णालीका केही जिल्लामा पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध

काँक्रेविहार- कर्णाली प्रदेशका केही जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ

ऐतिहासिक रजत विजेता सुनमाया स्वदेश फिर्ता

काठमाडौं- ऐतिहासिक रजत विजेता खेलाडी सुनमाया बुढा स्वदेश फर्किएकी छिन्

हुँदैन मासुजन्य पशुपन्छीको परीक्षण

ढोरपाटन- बागलुङमा हरेक वर्ष चाडपर्वका अवसरमा ठूलो परिमाणमा मासुका लागि

नेपालले वेस्ट इन्डिजलाई दियो १ सय २३ रनको लक्ष्य

काठमाडौं- वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी २० आई सिरिजअन्तर्गत तेस्रो