हुँदैन मासुजन्य पशुपन्छीको परीक्षण « Khabarhub

हुँदैन मासुजन्य पशुपन्छीको परीक्षण


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन- बागलुङमा हरेक वर्ष चाडपर्वका अवसरमा ठूलो परिमाणमा मासुका लागि पशुपन्छी भित्रिने गर्छन् ।

यहाँ भारतबाट आउने ब्रोलइर कुखुरा र हिमाली क्षेत्रबाट ल्याइने भेडाच्याङ्ग्रा ल्याउने गरिएको छ, तर तिको परीक्षण गर्ने कुनै संयन्त्र छैन । जिल्ला प्रवेशद्वार मालढुङ्गामा प्रहरीले सामान्य सोधपुछ गरे पनि परीक्षणका काम भने हुँदैनन् । मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका मासुजन्य पशुपन्छीको परीक्षण नहुँदा गुणस्तरहीन मासु उपभोग गर्नुपर्ने बाध्यता रहेको भन्दै स्थानीयले गुनासो गर्ने गरेका छन् ।

बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख मित्रलाल सापकोटाले पशु स्वस्थ भएको प्रमाणित गर्ने काम भेटेरीनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्रको भएकाले यसमा ध्यान दिनुपर्ने बताए । एक जिल्लाबाट अर्को जिल्लामा पशुपन्छी ढुवानी गर्दा भेटेरीनरी अस्पतालले दिएको प्रमाण लिएर मात्रै ढुवानी गर्नुपर्ने उनको भनाइ छ ।

नगरपालिकाले भने मासु पसलको अनुगमन गर्ने गरेको सापकोटाले बताए । हाल ‘पिपिआर’लगायत महामारीको समस्या नभएकाले पनि जिल्लामा भित्रिएका भेडाच्याङ्ग्रा स्वस्थ्य रहेको आफूहरूको विश्वास रहेको उनको भनाइ छ ।

“नगरपालिकाले मासु पसलको अनुगमन र निगरानी बढाएको छ । स्वस्थ मासु उपभोगका लागि उपभोक्तालाई पनि सचेत गराउने काम गरिरहेका छौँ । बाहिरबाट आउने पशुपन्छीले प्रमाणपत्र लिएरै आउने भएकाले स्वस्थ नै आएका छन् भन्ने हाम्रो विश्वास हो” सापोकाटाले भने, “भेडाच्याङ्ग्रामा महामारीको समस्या छैन, मुस्ताङबाट भित्रिने भेडाच्याङ्ग्रा मुस्ताङमै परीक्षण भएर आउँछन्, लामो समय हिँडेका कारण केही सामान्य समस्या देखिन सक्छन् त्यसमा उपभोक्ता पनि सचेत हुन जरुरी छ ।”

भेटेरीनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले व्यवस्थित बधशाला नहुँदा निगरानी गर्न कठिन भइरहेको बताए । जिल्लामा १५० भन्दाबढी मासु पसल भएकाले अनुगमनमा पनि समस्या भएको उनको भनाइ छ । परीक्षणका लागि आवश्यक उपकरण नहुँदा हालसम्म कुनै पनि मासुजन्य पशुपन्छीको परीक्षण नभएको सापकोटाले बताए । बागलुङबाट बाहिर लिने पशुपन्छीको हकमा भने परीक्षण गरेर प्रमाणपत्र जारी गर्ने गरेको उनले बताए ।

उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले यो विषयमा नगरपालिका, प्रशासन र भेटेरिनरी अस्पतालको ध्यानाकर्षण गराएको बताए । पशुपन्छी बध गर्नुभन्दा पहिले अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गर्नका लागि उपभोक्ता मञ्चले जोडका साथ आवाज उठाएको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  १० : २२ बजे

मनसुन सक्रिय : पाँचमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन ३१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच