मनसुनी र स्थानीय वायुको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना « Khabarhub

मनसुनी र स्थानीय वायुको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभाग, मधेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति पनि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग, मधेश प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ७ : ०० बजे

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ