मनसुनी र स्थानीय वायुको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना | Khabarhub Khabarhub

मनसुनी र स्थानीय वायुको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभाग, मधेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति पनि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग, मधेश प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ७ : ०० बजे

महानवमीका दिन पनि दुर्गा भवानीको ‘खोइँछ’ भरिँदै

महोत्तरी– मधेस प्रदेशको महोत्तरीसहितका जिल्लामा शारदीय नवरात्र (बडादशैँ) पर्वको अवसरमा

जिप दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते

सुर्खेत– जाजरकोटको नलगाड नगरपालिका–५ कालिमाटीबाट पोख्रातिर गइरहेको जिप दुर्घटना हुँदा

सर्लाहीमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु

सर्लाही– सर्लाहीको हरिपुवामा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको

मनकामना केबलकार आजदेखि तीन दिन बन्द

चितवन– मनकामना केबलकार आजदेखि तीन दिनका लागि बन्द गरिएको छ

स्वस्थ मासुको छनोट कसरी गर्ने ?

दशैँको  मनोविज्ञान राम्रो लाउने, मीठो खानेसँग जोडिन्छ । मिठोसँग खाएको