आज १ बजेदेखि ९ बजेसम्म सवारी ठप्प हुने « Khabarhub

आज १ बजेदेखि ९ बजेसम्म सवारी ठप्प हुने


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ २ दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन् ।

सीको स्वागतका लागि नेपाल सरकारले भव्य तयारी गरेको छ । सीको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल पुग्नेछन् ।

त्रिभुवन विमानस्थलमै सीको स्वागतमा नेपाली सेनाले २१ तोपको सलामी दिइने छ । यसअघि राजकीय भ्रमणमा आउने विशिष्ठ पाहुनालाई टुँडिखेलमा सलामी दिइने गरिएपनि यसपटक सुरक्षाका कारण त्रिभुवन विमानस्थल मै दिइन लागिएको हो ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सीको भ्रमण हुने रुटको निरीक्षण गरेका छन् । प्रधानमन्त्रीले त्रिभुवन विमानस्थलदेखि सोल्टीमोर्डसम्मकै सकडको निरीक्षणसहित सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्रीले सुरक्षाकर्मीसँग सुरक्षाअवस्थाको जानकारी लिनुका साथै सीको स्वागतमा गरिने सांस्कृतिक प्रहर्सन र रात्रिभोजको तयारीका बारेमा पनि जानकारी लिएको प्रधानमन्त्री प्रेस संयोजक डा. कुन्दन अर्यालले जानकारी दिए ।

निरीक्षणपछि प्रधानमन्त्रीले वातावरण राम्रो बनेको बताएका छन् । सरकारले स्वागतको भव्य तयारी गरेसँगै प्रतिपक्षी दलले पनि सीको स्वागतमा वक्तव्य जारी गरेको छ ।

केहि अप्रिय घटना हुनसक्ने अवस्थालाई मध्यनगर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । सार्वजनिक यातायातका साधनलाई पनि दिउँसो १ बजेदेखि राति ९ बजेसम्म सी सवार हुने रुटमा सञ्चालन नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ११ : २६ बजे

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ

सिभिल इन्जिनियर लोहनी व्यावसायिक कागतीखेतीमा व्यस्त

दाङ– घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर

इलेक्ट्रोनिक सिस्टमले प्रतिनिधिलाई मतदान गर्न समस्या : ओलीलाई ५५ मिनेट लाग्यो

काठमाडौं – एमालेको ११ औँ महाधिवेशनमा पाका नेतालाई मतदानमा समस्या

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा