तलेजुमा एकान्तकुमारी एवं गणकुमारीको पूजा « Khabarhub

तलेजुमा एकान्तकुमारी एवं गणकुमारीको पूजा


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– यहाँको प्रसिद्ध तलेजु मन्दिरमा  जीवितदेवी मानिने एकान्तकुमारीसहित ११ गण कुमारीको पूजा गरिएको छ ।

 हरेक वर्ष आश्विन शुक्ल नवमीका दिन कुमारी जात्राका साथ एकान्तकुमारी र गणकुमारीको पूजा गर्ने प्रचलनअनुरूप तलेजुमा पूजा गरिएको तलेजुको मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

तलेजुको प्रतिमूर्तिका रूपमा पुजिने एकान्तकुमारी लुनिभा बज्राचार्यलाई तलेजुको आगमघरमा ल्याएर पूजा गरी जात्रा मनाइएको उनले जानकारी दिए। कुमारीको चतुब्रह्म महाविहारमा पूजा सकेर तलेजुमा विराजमान गराइएको थियो ।
    
आज ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँसको बलि दिई तलेजु जात्रा मनाइएको छ। मूल पुरोहितले  तलेजुमा मांसाहुती दिने परम्परा छ । तलेजुलाई आज देवगृहबाट स्थानान्तरण गरी आगमघरमा विराजमान गराइसकेपछि जात्रा सम्पन्न हुन्छ ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  १२ : ३७ बजे

विजय र सनिशाले सके ‘जिरो डिग्री’को सुटिङ, कहिले प्रदर्शन ?

काठमाडौं – नायक विजय बराल र नायिका सनिशा भट्टराईले फिल्म

टस जितेर यूएईविरुद्ध फिल्डिङ गरिरहेको नेपालको कसिलो बलिङ

काठमाडौं- टस जितेर यूएईविरुद्ध फिल्डिङ गरिरहेको नेपालले कसिलो बलिङ गरिरहेको

कैलालीमा गहुँ उत्पादन वृद्धि, प्रतिहेक्टर ४.२ मेट्रिक टन

सुदूरपश्चिम– कैलाली जिल्लामा यस वर्ष पनि गहुँबालीको उत्पादकत्व प्रतिहेक्टर ४.२

डा. गंगोल : जसले नेपालमै पहिलो पटक टाउको खोलेर गरेका थिए सफल शल्यक्रिया

काठमाडौं- नेपालको चिकित्सा क्षेत्रका एक अग्रणी शल्यचिकित्सक प्रा.डा. दिनेशनाथ गंगोलको

प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदन सभामुखलाई बुझाइयो

काठमाडौं– प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले सभामुख डोल प्रसाद (डीपी) अर्याललाई