धारिलो हतियार प्रहार गरी आमा र छोरीको हत्या « Khabarhub

धारिलो हतियार प्रहार गरी आमा र छोरीको हत्या


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– धारिलो हतियार प्रहार गरी उदयपुरमा गएराति एकै परिवारका दुई जनाको हत्या भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ९ चौकिवारीमा आमा र छोरीको हत्या भएको हो । त्रियुगा नगरपालिका–९ चौकीबारी बस्ने ३० वर्षीया आमा शारदा कुमारी चौधरी (गोमा) र उनकी ९ बर्षीया छोरी रचना चौधरीको धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार मृतक दुवैको विभत्स अवस्थामा शव फेला परेको हो । हत्या किन र कसले गरेको भन्ने अहिलेसम्म केही खुल्न सकेको छैन् । हत्यामा संलग्नको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरले बताए ।

एसपी मगरका अनुसार हत्यारा पत्ता लगाउन धरानबाट तालिम प्राप्त कुकुर समेत ल्याइएको बताए । २४ घण्टा नबित्दै हत्यारा पत्ता लगाउन आफुहरू लागि परेको उनले जानकारी दिए ।

मृतक शारदाका श्रीमान वैदेशिक रोजगारको क्रममा देश बाहिर रहेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ११ : ३५ बजे

आजका समाचार : नयाँ नेतृत्वतिर रास्वपा, विष्णु पौडेल पक्राउले तरंग, इरान अमेरिका सम्झौता टिक्नेमा शंका र विश्वकपमा मेस्सीको जादु निरन्तर 

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

एजन्सी– इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्ट्रेट अफ हर्मुज’

रविले दिए सभापति पदमा उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको सभापति

हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौं

काठमाडौं– युरोपेली सङ्घ (ईयु) ले नेपाल तथा दक्षिण एसियासँगको हवाई

विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – विशेष अदालतले पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सात