नब्बे लाखको लागतमा प्रहरी कार्यालय पुनर्निर्माण « Khabarhub

नब्बे लाखको लागतमा प्रहरी कार्यालय पुनर्निर्माण


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

बिर्तामोड– जेनजी आन्दोलनमा भग्नावशेषमा परिणत भएका यहाँस्थित इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयका भवन ९० लाखको लागतमा पुनर्निर्माण भएका छन् । 

दुवै भवनको बुधबार आयोजित एक कार्यक्रममा उद्‌घाटन गरिएको छ । त्यस अवसरमा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठ र ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलसहितको टोलीलाई नगरवासीले फूलमालासहित  टोलीलाई अभिनन्दन गरेका थिए । 

त्यसअघि प्रहरीहरूका साथ नगरप्रमुख पवित्रा महतरा, उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपाने, महासङ्घ कोशी प्रदेश सदस्य प्रकाश शिवाकोटीलगायत नगरवासीको टोलीले नगर परिक्रमा गरेको थियो ।
 

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  १ : ४८ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ