चिनियाँ राष्ट्रपति बस्ने सोल्टी होटल पूरै रिजर्भ, भाडा कति ? « Khabarhub

चिनियाँ राष्ट्रपति बस्ने सोल्टी होटल पूरै रिजर्भ, भाडा कति ?


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् ।

साँझ ५ बजे विमानस्थलमा उत्रिएपछि सी होटल सोल्टी जाने छन् ।  सीको बसोबासको व्यवस्था ताहचलमा रहेको होटल सोल्टी क्राउन प्लाजामा गरिएको छ ।

त्यसका लागि उक्त होटल पूरै रिजर्भ गरिएको छ ।

सीसँग आउने प्रतिनिधिमण्डल मात्र बस्नका लागि २ सय ८२ कोठा रहेको होटल नै बुक गरिएको छ ।  सीको सुरक्षाका लागि पूरै होटल रिजर्भ गरिएको हो भने होटलमा रहेको उपहार र अन्य पसलहरुसमेत बन्द गरिएका छन् ।

सीको बसोबासको लागि होट पहिले नै बुक भएपछि यस समयमा होटलले अरु पाहुनाका लागि बुक गरेको थिएन ।
सी आइतबार दिउँसो सम्म होटल सोल्टीमा रहने छन् ।

कति पर्छ भाडा ?

होटल सोल्टीको एउटा कोठाको भाडा एक दिनको करिब १५ हजार रुपैयाँ तिर्नुपर्छ । यो सामान्य भाडा दर हो । जस अनुसार सबै कोठाको तीन दिनको भाडा करिब डेढ करोड रुपैयाँ होटललाई तिर्नुपर्ने हुन्छ । यो सामान्य भाडा दरमात्र हो ।

यस्तो छ कार्यक्रम

सीका अधिकांश भेटघाट र रात्रिभोजको कार्यक्रम समेत होटल सोल्टीमा नै राखिएको छ ।

शनिवार(आज) विमानस्थलबाट सी सिधैं होलट सोल्टीमा पुग्ने कार्यक्रम रहेको छ । केही बेर आराम गरेपछि सी ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्न शीतल निवास जानेछन् ।

राष्ट्रपतिसँगको शिष्टाचार भेटवार्तापछि सी पुन होटल सोल्टी फर्कने छन् । उनले सवा ७ बजे होटल सोल्टी मै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।

सीको सम्मानमा होटल सोल्टीमा नै साढे ७ बजे राजकीय भोजको आयोजना गरिएको छ ।

त्यस्तै आइतवार विहान साढे १० बजे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै होटल सोल्टीमै भेट गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि साढे ११ बजे प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता र द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ११ : ४२ बजे

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।