नाइजेरियामा डुङ्गा दुर्घटना, २६ जनाको मृत्यु « Khabarhub

नाइजेरियामा डुङ्गा दुर्घटना, २६ जनाको मृत्यु


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिणी नाइजेरियाको नाइजर नदीमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको कोगी राज्यका अधिकारीहरूले बुधबार बताएका छन् ।

डुङ्गाले व्यापारीहरूलाई नदीको किनारको अर्को छेउ अवस्थित इडो राज्यको इलुसीको बजारमा लैजाने क्रममा दुर्घटना भएको  सूचनाका लागि कोगी राज्य आयुक्त किंग्सले फेमी फानवोले सामाजिक सञ्जाल एक्समा विज्ञप्ति पोष्ट गदै जनाएका छन् । 
 
अनपेक्षित घटनाले अनायसै २६ जना यात्रुहरूको ज्यान लिएको रिपोर्ट गरिएको जनाइएको छ ।  

नाइजेरियाको व्यस्त नदीहरूमा अत्यधिक भार बोकेका डुङ्गाहरू, उचित मर्मत सम्भार अभाव र  सुरक्षा नियमहरू पालना नगर्नाले दुर्घटनामा पर्ने गरेको जनाइएको छ । 

गत महिना मात्र नाइजर राज्यमा एण्टा डुङ्गा रूखको स्टम्पमा ठोक्किएर दुर्घटना हुँदा कम्तीमा ३२ जनाको ज्यान गएको बताइएको छ । 

अगस्टको अन्त्यमा, उत्तरपश्चिमी राज्य सोकोटोमा करिब ५० जना यात्रु बोकेको डुङ्गा पल्टिएर दुर्घटना ग्रस्त हुँदा तीन जनाको मृत्यु हुनुका साथै २५ जना बेपत्ता भएको जनाइएको छ । 

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ७ : २३ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर