युक्रेनको ओडेसामा भारी वर्षाका कारण नौ जनाको मृत्यु « Khabarhub

युक्रेनको ओडेसामा भारी वर्षाका कारण नौ जनाको मृत्यु


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कीभ- युक्रेनी सहर ओडेसामा आएको भारी वर्षाले निम्त्याएको बाढीका कारण दक्षिणी बन्दरगाह सहरमा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार बताएका छन् ।

लगातार सात घण्टामा भएको वर्षको कारण प्रभावितहरुलाई उद्धारकर्ताहरूले सुरक्षित स्थानमा स्थानान्तरण गरेको अधिकारीहरूले बताएका छन् ।

जेलेन्स्कीले वर्षाका कारण परिस्थिति असामान्य भएको र एक जना व्यक्ति अझै बेपत्ता रहेको बताए ।

बाढीमा फसेका ३६२ जनालाई उद्धार गरिएको आपतकालीन सेवाले जनाएको छ ।

मेयर गेन्नाडी त्रुखानोभले स्थिति चुनौतीपूर्ण भए पनि नियन्त्रणमै रहेको बताए ।

युक्रनेमा भोलि सम्म अझै खराब मौसमको जोखिम रहने पूर्वानुमान गरिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ९ : ४४ बजे

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइनेछ : मन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौं– मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा

रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार