चितवन– मुलुकको तेश्रो पर्यटकीय गन्तव्य सौराहा घुम्न आएका पर्यटकहरूले नेपाली परम्परा अनुसार दशैं मनाएका छन् । सौराहामा पर्यटकहरूको पहिलो रोजाईमा पर्ने ग्रीन पार्क चितवन होटलमा रहेका पर्यटकहरूले टीका र जमरा थाप्दै दशैं मनाएका हुन् ।
पर्यटकीय नगरी सौराहा घुम्न आउँदा विदेशी पर्यटकहरूले नेपालीहरूको महान चाड वडा दशैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै टीका र जमरा थाप्न पाउँदा हर्षित बनको होटलका रेसिडेन्स म्यानेजर (आरएम) राधा श्रेष्ठले जानकारी दिइन् ।
‘हामी जेन-जी आन्दोलनसँगै शून्य पर्यटन नहोस् भनी पर्यटन दिवसमा हेलिकप्टर चार्टरसहित नेपाल सुरक्षित छ भन्ने अभियान पर्यटकहरूबाटै सुरु गरेका थियौँ’ आरएम श्रेष्ठले भने, ‘अहिले नेपाली परम्परा सकिदै सुरक्षित साथ नेपाल घुम्न सकिन्छ भन्ने उदेश्यसहित दशै पर्यटकसगै मनाएका हौं ।’
प्रतिक्रिया