यस वर्षको दशैँमा सुदन किरातीको उपहार- अशक्तलाई घरको छानो  « Khabarhub

यस वर्षको दशैँमा सुदन किरातीको उपहार- अशक्तलाई घरको छानो 


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूमिगत राजनीति गरे यता सुदन किरातीले दशैँ परिवारसँग मनाएका छैनन् । २०६४ मा पहिलो पटक संविधानसभा सदस्यमा भोजपुरबाट निर्वाचित भएपछि  उनले हरेक वर्षको दशैँ खर्च र समय सामाजिक काममा लगानी गर्ने गरेका छन् । 

यस वर्ष भने भाद्र २३ र २४ को जेनजी आन्दोलनले नेपालमा सत्ता परिवर्तन मात्रै गरेन । सबै पार्टीको आन्तरिक जीवनमा समेत यसले हलचल ल्याएको छ । यतिबेला माओवादी पार्टीमा रूपान्तरणको चर्को बहस गरिरहेका नेता किरातीले विगत वर्षको दशैँमा झै यस पटक आफ्नो निर्वाचन क्षेत्र जान पाएनन् । 

विगतमा दशैँका दिन भाैतिक रुपमा उपस्थित भएर गर्ने गरेका उनको सामाजिक कार्य यस वर्ष सामाजिक सञ्जाल फेसबुकमार्फत घोषण गरेका छन् । उनले यस वर्ष भोजपुर नगरपालिका वडा नं –१ डाँडाबोखिम निवासी परिवारमा एक्लै रहेका भरत राईको घरमा जस्ताको छानो लगाइदिने घोषणा गरेका छन् । 

उनले भनेका छन् ‘हरेक वर्षको दशैँ खर्चले सामाजिक काम गर्दै आइरहेको छ । यो वर्ष पनि भोजपुर न.पा–१ डाँडाबोखिम निवासी एक्लो अनि अपाङ्ग जीवन बिताइरहेका ‘भरत राईको घरमा जस्ताको छानो लगाइदिने निर्णय गरेको छु । पोहोर सालको दशैँमा भरतसँग हाम्रो भेट भएको थियो । कुराकानी गर्दा, उनको आत्म भित्र दुई ओटा कुरा पाएँ ‘एउटा पानी पर्दा घर चुहिने ठूलो चिन्ता र अर्को जस्ताको छानो लगाएर विवाह गर्ने जीवनको सपना ।’ ‘अब कृपया कमेन्टमा बिहे पनि गरिदेऊ भनेर नलेखी दिनुहोला धन्यवाद ।’ 

यसभन्दा अघि २०८१ मा सहिद परिवारलाई घर निर्माण गरिदिएका उनले २०८० मा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहँदा मैयुङका भेडा र चौरी पालक गोठवालाहरुलाई सम्मान गरेर दशैँ मनाएका थिए । 

त्यस्तै २०७९ मा अरुण गाउँपालिका स्थित एक विद्यालयमा सरसफाइ र रङ्गरोगन गरेर दशैँ मनाएका थिए , २०७८ मा भने रामप्रसादराई गाउँपालिका १ ओख्रेका दलित परिवारलाई सम्मान गरेर दशैँ मनाएका थिए । 

 उनले हरेक वर्ष समाजको पिँदमा रहेको जनतालाई सहयोग गर्दै उनीहरुसंगै दशैँ मनाउदै आइरहेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  २ : १४ बजे

ममता शर्मा भन्छिन् : दागैदाग भएकाको बिगबिगी देखेपछि रास्वपा छाडेर कांग्रेसमा प्रवेश गरेँ

जनकपुरधाम‍‍- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति ममता

प्रचण्डलाई व्यङ्ग्य गर्दै बालेनले भने, ‘स्वीजरल्याडको बाउ बडिमालिका यहीँ छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले

निर्वाचन विरोधी भन्दै धमाधम धरपकड : धर्मेन्द्रपछि ऋषि कट्टेल पनि समातिए

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचन विरोधी गतिविधि गरेको

व्यापार घाटाले जापानको आर्थिक वृद्धिमा दबाब

एजेन्सी– जापानले यस वर्षको जनवरी महिनामा १.१५ खर्ब येन (करिब

यातायातको चाप घटेसँगै उपत्यकामा घट्यो वायु प्रदूषण 

काठमाडौं– काठमाडौँ उपत्यकामा सवारीसाधनका आवागमनमा कमी हुँदा वायु प्रदूषण घटेको