अमेरिकाको होमल्याण्ड सेक्युरिटीका प्रमुखद्वारा राजीनामा « Khabarhub

अमेरिकाको होमल्याण्ड सेक्युरिटीका प्रमुखद्वारा राजीनामा


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको होमल्याण्ड सेक्युरिटीका कार्यवाहक प्रमुख केविन म्याकएलीनले पदबाट राजीनाम दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केविनले राजीनामा दिएको एक ट्वीट मार्फत जानकारी दिएका छन् ।

६ महिनाअघि होमल्याण्ड सेक्युरिटीको प्रमुखको जिम्मेवारी सम्हालेका केविनले परिवारसँग समय विताउन चाहेको भन्दै राजीनामा दिएको ट्रम्पले जनाएका छन् ।

मेक्सिकोसँगको सीमा क्षेत्रमा आप्रवासीका विषयमा ट्रम्पले लिएको नीतिको कार्यान्वयको जिम्मा केविनमा थियो । तर उनी र ट्रम्पबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको थियो ।

केविन ट्रम्पको शासनकालमा होमल्याण्ड सेक्युरिटीको जिम्मेवारी सम्हाल्ने चौथो व्यक्ति हुन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  १ : ३२ बजे

विश्वविद्यालय पढ्ने विद्यार्थीका लागि काठमाडौं महानगरको ‘अर्न ह्वाइल यू लर्न’ कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ‘अर्न ह्वाइल यू

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर