जिप दुर्घटनाका घाइतेको सेनाद्वारा उद्धार « Khabarhub

जिप दुर्घटनाका घाइतेको सेनाद्वारा उद्धार


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा आज भएको जिप दुर्घटनाका घाइतेको नेपाली सेनाले उद्धार गरेको छ ।

ताप्लेजुङ्गबाट धरानतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेकामा छ जनाका मृत्यु भएको थियो । घाइते भएका छ जनालाई नेपाली सेनाको श्री वीरदल गणबाट खटिएको टोलीले स्थानीय वासिन्दा र अन्य सुरक्षा निकायको सहयोगमा उद्धार गरेको सूचना तथा सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

बोलेरो जीपमा १२ जना यात्रु सवार रहेको निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

घाइतेमध्ये पाँच जनालाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र एक जनालाई जिल्ला अस्पताल फिदिम लगिएको जनाइएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ७ : ३७ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब