उद्धार तथा राहतमा जुट्न कांग्रेस महामन्त्री थापाको आह्वान | Khabarhub Khabarhub

उद्धार तथा राहतमा जुट्न कांग्रेस महामन्त्री थापाको आह्वान


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपद्को अवस्थामा सबै नागरिक, कांग्रेस नेता कार्यकर्ता तथा जनप्रतिनिधिलाई राहत तथा उद्धारमा जुट्न आग्रह गरेका छन् ।

उनले आज सार्वजनिक गरेको वक्तव्यमा सरकारले जारी गरेका सूचनालाई व्यापक रूपमा प्रचारप्रसार गर्न र सम्भावित जोखिममा रहेका स्थानका जनतालाई सचेत गराउन पनि आग्रह गरेका हुन् ।

“भारी वर्षाले सिर्जित विपद्को यो अवस्थामा म आमनेपाली नागरिक, नेपाली कांग्रेसका साथीहरू, स्थानीय तह तथा प्रदेशका निर्वाचित प्रतिनिधिलाई सरकारले जारी गरेका सूचना व्यापक रूपमा फैलाउन र सम्भावित विपद्को समयमा आफ्नो ख्याल गर्दै उद्धार, राहत र सेवामा जुट्न अनुरोध गर्दछु”, महामन्त्री थापाले भनेका छन् ।

उनले पार्टीका सबै तहका कार्यकर्तालाई पनि पार्टीले जारी गरेका निर्देशन र सूचनालाई आत्मसात् गर्दै आफ्ना ठाउँमा सक्रिय रहन आग्रह गरे । महामन्त्री थापाले विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको भन्दै सबै निकाय र जनशक्तिलाई साझा जिम्मेवारीका साथ अग्रपङ्क्तिमा खटिनु समयको माग भएको बताए ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ८ : ०७ बजे

सप्तकोशीमा पानीको प्रवाह उच्च, ब्यारेजका ५६ मध्ये १५ ढोका खोलियो

राजविराज- आज बिहानैदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको

आवश्यक जनशक्ति तथा औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक जनशक्ति तथा औषधि सामग्री

विद्युतीय संरचनामा क्षति हुन नदिन उच्च सतर्कता अपनाइएको छ : प्रधिकरण

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले वर्षापछि हुने बाढीपहिरो तथा डुबानका कारण

विभिन्न पार्टीद्वारा नेता कार्यकर्तालाई राहत तथा उद्धारमा खट्न आग्रह

काठमाडौं- निरन्तरको वर्षापछि उत्पन्न विपद्को अवस्थामा उद्धार तथा सहयोगका लाग्न

मानवीय क्षति नहुनेगरी विपद् व्यवस्थापनका काम गरिएको छ : गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले विगतको कमजोरीबाट पाठ सिक्दै यसपटकको विपदमा