राहत र उद्धारमा सबै शक्ति लगाउन सरकारलाई राप्रपा अध्यक्ष लिङ्देनको आग्रह « Khabarhub

राहत र उद्धारमा सबै शक्ति लगाउन सरकारलाई राप्रपा अध्यक्ष लिङ्देनको आग्रह


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानका घटनाले ठूलो जनधनको क्षति पुगेको खबर सार्वजनिक भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै तहका सरकारको प्रभावकारी उपस्थिति र सक्रियता आवश्यक रहेको बताएका छन् ।

उनले बाढी, पहिरो र डुबानबाट पीडित नागरिकहरूको उद्धार, पुनःस्थापना र उपचारको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

त्यसैगरी, उनले अविरल वर्षाले थप क्षति हुनसक्ने सम्भावनाप्रति सतर्क रहन र सुरक्षाका उपाय अपनाउन नागरिकमा अपिल गरेका छन् ।

लिङ्देनले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई पनि विपद्को समयमा सुरक्षित रहँदै उद्धार र राहत कार्यमा सक्रिय रुपमा जुट्न अनुरोध गरेका छन्।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ८ : १७ बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या