राहत र उद्धारमा सबै शक्ति लगाउन सरकारलाई राप्रपा अध्यक्ष लिङ्देनको आग्रह « Khabarhub

राहत र उद्धारमा सबै शक्ति लगाउन सरकारलाई राप्रपा अध्यक्ष लिङ्देनको आग्रह


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानका घटनाले ठूलो जनधनको क्षति पुगेको खबर सार्वजनिक भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै तहका सरकारको प्रभावकारी उपस्थिति र सक्रियता आवश्यक रहेको बताएका छन् ।

उनले बाढी, पहिरो र डुबानबाट पीडित नागरिकहरूको उद्धार, पुनःस्थापना र उपचारको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

त्यसैगरी, उनले अविरल वर्षाले थप क्षति हुनसक्ने सम्भावनाप्रति सतर्क रहन र सुरक्षाका उपाय अपनाउन नागरिकमा अपिल गरेका छन् ।

लिङ्देनले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई पनि विपद्को समयमा सुरक्षित रहँदै उद्धार र राहत कार्यमा सक्रिय रुपमा जुट्न अनुरोध गरेका छन्।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ८ : १७ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ