इलाममा पहिरोमा पुरिएर ११ जनाको मृत्यु : माङ्सेबुङमा उद्धारका लागि हेलिकप्टर मागियो « Khabarhub

इलाममा पहिरोमा पुरिएर ११ जनाको मृत्यु : माङ्सेबुङमा उद्धारका लागि हेलिकप्टर मागियो


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इमालका विभिन्न ठाउँमा गएराति गएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ ।

इलाम नगरपालिका–६ र माइजोगमाइसहित विभिन्न ठाउँमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार पहिरोले दुई घर पुरिँदा ११ जनाको मृत्यु भएको हो ।

घाइते र बेपत्ताको खोजी भइरहेको उनको भनाइ छ । रातको समयमा पहिरो गएकाले बिहानैदेखि उद्धार भइरहेको छ ।

इलामकै माङ्सेबुङ गाउँपालिका १ मा पहिरोपछि उद्धारमा कठिनाइ भएपछि इटहरीबाट हेलिकप्टर मगाइएको छ ।

प्रहरीका अनुसार इलाम नगरपालिका ५, घोसमा एकैघरमा ५ जनाको मृत्यु भएको छ। यता सन्दकपुर गाउँपालिका १, छाँगेमा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन्।

माइजोगमाई गाउँपालिका ६, प्याङमा एकैघरका ५ जना बेपत्ता भएका छन् भने सन्दकपुर गाउँपालिका ३, सुलुबुङमा एक बालिका घरसँगै बेपत्ता भएकी छन्।

माङ्सेबुङ गाउँपालिका १ मा १ गर्भवती र १ पुरुष गम्भीर घाइते भएका छन् भने फाकफोकथुम ३, आमचोकको रातमाटेमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।

घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ९ : ३७ बजे

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम

सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

काठमाडौं– सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह

श्रमदानमार्फत पर्यटकीयस्थल जोड्ने सडक मर्मत गरिँदै

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकअन्तर्गत लुलिया