विपदबाट क्षतिग्रस्त सडकको मर्मत कार्य तीव्र गतिमा गरिने « Khabarhub

विपदबाट क्षतिग्रस्त सडकको मर्मत कार्य तीव्र गतिमा गरिने


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले वर्षाका कारण बन्द भएको काठमाडौँबाट पश्चिमतर्फका सडक तत्कालै खोल्ने गरी तयारी भइरहेको र विपद्बाट क्षतिग्रस्त विभिन्न सडकको मर्मत कार्य तीव्र गतिमा गरिने प्रतिबद्धता जनाएका छन् । 

आज मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा घिसिङले नेपालको पूर्व क्षेत्रमा अझै पनि वर्षा हुनेक्रम जारी रहेको वर्षा कम भएपछि मात्रै सडक सुधारको कार्य थालिने बताए। जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि भने मौसममा सुधार भई वर्षा कम हुने जानकारी गराएको छ । 

शुक्रबारदेखि आजसम्मको लगातार भारी वर्षा र जलवायुजन्य घटनाका कारण देशका विभिन्न स्थानमा उत्पन्न भूस्खलन र बाढीले सडकमा अवरोध तथा यातायातमा ठूलो असर परेको मन्त्री घिसिङको भनाइ छ । 

‘प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति र उपकरण परिचालन गर्दै, प्रमुख राजमार्गका अवरुद्ध खण्डमा दिनरात मर्मत कार्यलाई तीव्र गति दिइरहेको छ’, उनले भने।

विपद्का कारण केही भौतिक क्षति भए पनि सरकारको पूर्वतयारीका कारण ठूलो मानवीय क्षति भने हुन नपाएको मन्त्री घिसिङले जानकारी दिए ।

काठमाडौँदेखि पश्चिम मुग्लिन हुँदै पोखरा र नारायणगढ जाने पृथ्वी राजमार्ग, नारायणगढ-मुग्लिन राजमार्गमा यातायात सञ्चालनमा अवरुद्ध नभएको सडक विभागको भनाइ छ ।
 
विभागका महानिर्देशक विजय जैसीले बीपी राजमार्ग (भकुण्डेबेंसी–नेपालथोक खण्ड) र मेची राजमार्गको अवरोध हटाउने कार्यमा पनि चाँडै प्रगति हुने बताए। सडक विभागले स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी र स्थानीय निकायसँग समन्वय गरी मर्मत तथा सडक खोल्ने कार्यलाई तीव्रता दिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ४ : ४४ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष