अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ : मन्त्री घिसिङ « Khabarhub

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ : मन्त्री घिसिङ


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले वर्षाका कारण अवरुद्ध सडक खुलाउने प्रयास सुरु भइसकेको जानकारी दिएका हुन् ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै घिसिङले वर्षाका कारण वभिन्न राजमार्गहरू अवरुद्ध भएकाले अव क्रमश अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए । उनले तत्कालका लागि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरे ।

वर्षाको पूर्वानुमान र त्यसको आवश्यक तयारी गरेकाले ठूलो मानवीय क्षति नभएको उनले बताए । मन्त्री घिसिङले बाढी तथा पहिरोका कारण क्षति भएका संरचनाको प्राथमिकताका साथ पुनर्ननिर्माण गरिने धारणा राखे ।

त्यस्तै मुलुकका विभिन्न भागमा एक हजार ५०० मिटर तटबन्ध कटान हुँदा १० करोड बराबरको क्षति भएको छ । सिँचाइ प्रणालीको बाँध क्षेत्रमा नदीमा आएको बाढीलाई सुरक्षित तवरले नदीमा फर्काउन हेड रेगुलेटर, मूल नहर र शाखा नहरका गेट समयमा नै खोलिएकाले सिँचाइ प्रणालीमा धेरै क्षति नभएको मन्त्री घिसिङले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ४ : ५८ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी