सभामुख घिमिरेले दिए सरकारलाई धन्यवाद « Khabarhub

सभामुख घिमिरेले दिए सरकारलाई धन्यवाद


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभामुख देवराज घिमिरेले असोज १८ र १९ गतेको प्राकृतिक विपदमा सरकारले खेलेको भूमिका सकारात्मक रहेको भन्दै धन्यवाद दिएका छन् ।

लगातारको अविरल वर्षाका कारण देशका विभिन्न भागमा ठूलो जनधनको क्षति पुगेका बेला सरकारका तर्फबाट गरिएको कामलाई प्रशंसायोग्य भने ।

एक विज्ञप्ति जारी गर्दै उनले वर्तमान अवस्थामा सरकारका तर्फबाट उद्धार र पुनर्स्थापनाका लागि सबै सुरक्षा निकाय, स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा स्वयंसेवकहरूलाई परिचालन गरिएकोमा धन्यवाद व्यक्त गरेका हुन् । 

उनले भनेका छन्, ‘सरकारका तर्फबाट उद्धार र पुनर्स्थापनाका लागि सबै सुरक्षा निकाय, स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा स्वयंसेवकहरूलाई परिचालन गरिएकोमा धन्यवाद व्यक्त गर्दै पीडितको राहतका लागि ध्यानाकर्षण गराउँदछु ।’

साथै  बाढीपहिरोले जनधनको ठूलो क्षति पुर्‍याएकोमा दुःख व्यक्त गरे । 

‘यस चुनौतीपूर्ण घडीमा हामी सबै एकजुट भएर अघि बढ्ने हो भनेमात्र विपदलाई पार गर्न सक्छौं । साथै, राहत तथा उद्धारमा संलग्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न सबै देशवासीमा अपिल गर्दछु,’ उनले भने ।
 

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ५ : ३४ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने